बिहिबार , चैत्र १५, २०८०

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् ।

आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् ।

‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन् ।

कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले थपे ।

महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रममात्रै रहेको बताएका छन् ।

उनले संसारभर पुँजीपती वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गरे ।

संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको उनको टिप्पणी छ । नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षडयन्त्रमात्रै भएको उनले बताए ।

चुनावी नतिजा नआउँदै माओवादीले ल्यायो बाम एकताको प्रस्ताव

नावको नतिजा अनपेक्षित आएपछि नेकपा माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका माओवादी महासचिव देव गुरुङले फेरि बाम एकता गर्नुपर्ने बताएका हुन् ।

पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै उनले बाम एकता गर्नुपर्ने बताएका छन्। लमजुङबाट प्रतिनिधिसभामा पृथ्वीसुब्बा गुरुङसँग देव गुरुङ ३१८८ मतले पराजित भएका थिए ।

पृथ्वीसुब्बा गुरुङ बसेको होटल पुगेर देव गुरुङले बिहान बधाई तथा कार्यकाल सफलताको कामना गरेका हुन् ।

भेटका क्रममा देव गुरुङले पीएसलाई वामहरू एक हुनुपर्ने र एमालेबाट त्यसको पहल गर्न पृथ्वीसुब्बालाई आग्रह गरे । भेटमा दुवै नेताबीच वामपन्थी एकताको विषयमा कुराकानी भएको छ ।

देव गुरुङले देशको ६५ प्रतिशत मत कम्युनिष्टको भएपनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए ।

यसअघि गरिएको एमाले-माओवादी एकताटिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको यी दुई नेताले बताएका छन् ।

नेकपा फुटेपछि प्रचण्डलाई ओलीको पहिलो फोन : मिलेर अघि बढौं

एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।

‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’

प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए ।

‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गरे । ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ’ उनले भने । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएको बज्राचार्यले बताए ।

ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए । प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा पनि गरेका थिए ।

ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए ।

बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई पार्टीका अध्यक्षहरुबीच सौहार्द्ध टेलिफोन वार्ता भएको पुष्टि गरे । ‘ओलीले फोन गर्नुभयो, मिलेर केही गरौं भन्ने कुरा भएको छ, तर के गर्ने भन्ने स्पष्ट छैन,’ उनले भने, ‘एमालेका अरु पनि शीर्ष नेताले अध्यक्षलाई फोन गरिराख्नुभएको छ ।’

एमाले उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताले प्रचण्डलाई फोन गरी बधाई दिएका छन् । उनीहरुले मिलेर अघि बढ्नु उचित हुने भन्दै नतिजा आइसकेपछि बसेर छलफल गर्न सुझाव दिएका छन् ।

नेकपा विभाजनपछि दुई अध्यक्षहरुबीच दोहोरो संवाद भएको थिएन । चुनावको मुखमा दुवैले एकअर्काविरुद्ध वाकयुद्ध तीव्र पारेका थिए । चुनाव नतिजा आइनसक्दै दुई शीर्ष नेताहरुबीच संवाद हुनुले आगामी राजनीतिबारे अनेक संकेतहरु पाउन सकिन्छ ।

एमाले उपाध्यक्ष सुवास नेम्बाङले अनलाइनखबरसँग कुरा गर्दै आफू र दाहालबीच फोन संवाद भएको पुष्टि गरे । ‘बधाइ दिएँ, उहाँले पनि मलाई शुभकामना दिनुभयो । सबै चुनावी नतिजा आइसकेपछि बसेर राम्रोसँग कुरा गराैं भन्नुभएको छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय