शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

प्रतिनिधिसभा विघटनविरुद्ध अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

रिट निवेदकका पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नातर्फबाट बहस सकेका छन्

आजदेखि सर्वोच्च अदालतको एमिकस क्युरीका तर्फबाट बहस सुरु हुनेछ ।

अदालतलाई सल्लाह दिने एमिकस क्युरीका तर्फबाट बहस सकिएपछि मात्र सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने कि विघटनलाई सदर गर्ने भन्ने निर्णय गर्ने छ ।

विश्वस्त स्रोतका अनुसार फागुन १५ गते सर्वोच्चले आफ्नो फैसला सुनाउने भएको छ ।

प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा बहस चल्दै गर्दा धेरैमा प्रतिनिधि सभा पुनःस्थापना भएमा क–कसको पद धरापमा पर्ला भन्ने चासो देखिएको छ ।

सबैभन्दा पहिले प्रधानमन्त्री केपी ओली त संकटमा पर्ने भइहाले । किनभने उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसको प्रक्रिया अघि बढाउँदा उनले विश्वासको प्रस्ताव गुमाउने निश्चित छ ।

प्रधानमन्त्री ओलीलाई हटाइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी टार्गेटमा पर्ने देखिन्छ । किनभने भण्डारीमाथि प्रधानमन्त्री ओलीको सहयोगी मात्र बनेको आरोप लागेको छ ।

त्यसैले उनलाई पदबार राजीनामा दिन बाध्य पारिने छ नेकपा प्रचण्ड–माधव समूहका नेताअनुसार संवैधानिक अंगका पदाधिकारी नियुक्ति गर्दा कानुनविपरीत बोलाइएको

संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री ओलीको सहयोगी बनेको आरोपमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना फालिनेछन् ।

तिमल्सिना ओलीका विश्वासपात्र हुन् । यसैगरी, अर्थमन्त्री भएर प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार हुँदै अमेरिकाका लागि नेपाली राजदूत बनेका डा.युवराज खतिवडाको पद पनि धरापमा पर्ने बताइन्छ ।

यदि संसद् पुनःस्थापना भएमा उनलाई राजदूतबाट फिर्ता बोलाउने सम्भावना बढी रहेको बताइन्छ ।

सबैभन्दा महत्वपूर्ण विषय भने अख्तियार प्रमुखलगायत असंवैधानिक तवरले नियुक्त भएका संवैधानिक परिषद्का विभिन्न पदाधिकारीहरुको पद जुनसुकै बेला जाने देखिन्छ ।

संसद् पुनःस्थापना भएर कांग्रेस वा प्रचण्ड–माधव समूहमध्ये जसको नेतृत्वमा सरकार बने पनि माथि उल्लेखित पदमा आसीनको जागिर खुकुरीकै धारमा रहेको बताइन्छ । https://www.mediadabali.com/ बाट साभार गरीएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय