मंगलबार , बैसाख ४, २०८१

काठमाडौं:

केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको तयारी गरेका छन् ।

संसद् पुनर्स्थापना भए नयाँ पार्टी दर्ता गर्ने यो समूहको तयारी अगाडि बढेको हो ।

संसद पुर्नस्थपना नभएको खण्डमा भने तत्काल कुनै पार्टी दर्ताको काम अगाडि बडढ्ने छैन’ एक नेताले भने ।

संसद पुर्नस्थापना भएको अवस्थामा आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्न लागेका हुन् ।

‘‘संसद् पुनर्स्थापना भयो भने तुरुन्तै अर्को पार्टी दर्ता हुन्छ । आफ्ना मान्छेहरु सेक्युर गर्नु त पर्यो’ ती नेताले भने ।

ओली समूहका नेताहरु संसद् पुनर्स्थापना भए अर्को निर्वाचनसम्म पार्टी एकता गर्नुपर्छ भन्न पनि थालेका छन् ।

‘दुई वर्ष लम्बिएर चुनाव हुने हो भने त्यस बेलासम्म पार्टी एकता गर्न सकिन्छ कि भनेर कुरा हुन थालेको छु,’ उनले भने, ‘नत्र अहिलेको आधारमा त विजोक हुन्छ भन्ने परेको छ ।’

ओलीले वडा भन्दा तलसम्म छुट्टै पार्टी संरचना बनाइसकेका छन् । यो पनि पढ्नुहोस:

नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ ।

शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् ।

यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत हुने भएको छ ।

मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ ।

त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।

यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०-५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।

एमाले र माओवादीबीच एकता हुँदा ६०-४० को अनुपातमा एकता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय