बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली पूर्व माओवादीका लडाकुहरुको व्यापक खोजी गरिरहेका छन् ।

तत्कालीन माओवादीले गरेको युद्धलाई कुहिएको फर्सिको संज्ञा दिने ओली त्यही युद्धमा सहभागी लडाकुलाई टिका लगाउँन चाहन्छन् ।

उनले यो सब प्रचण्डलाई चिढ्याउँन गरेको कर्म मान्छन् पूष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव कुमार नेपाल समूहका नेता तथा कार्यकर्ता ।

ओलीले यो सब क्षणिक मनोकाँक्षाको लागि गरेको र कालान्तरमा आश्वासन पुरा नगर्ने नै पक्कापक्की रहेको विश्लेषण एकाथरीको छ ।

त्यसो त सिंगो पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी दिएर पनि दाहाललाई असक्षम बनाउँन सफल ओलीले आफ्नो बचन पुरा गर्छन् भन्ने धेरैका संशय रहने नै भयो ।

अझ ओलीले देशकै संबिधान नै च्याते भन्ने चर्चा चलिरहेका बेला नेता तथा मन्त्रीलाई दिएको जिम्मेवारी पुरा गर्न दिन्छन् भन्ने बिस्वासको वातावरण हुने पनि कुरा भएन ।

यसै सिलसिलामा पूर्व माओवादीका नेताहरुलाई दिएको आस्वासन पुरा नगरेको भन्दै ओली समूहमा भित्रभित्रै भूसको आगो सल्किन थालेको चर्चा चलेको छ ।

ओलीले आफ्नो प्रतिवद्धता अनुसारको भूमिका नदिएको र आफूहरुमाथि शंकाको नजरले हेरेको भन्दै उनीनिकट पूर्वमाओवादी नेताहरु परामर्शमा जुटेको बताईएको छ।

ओलीले आफूहरुलाई पेलेर जाने मनस्थिति बनाएपछि पूर्वमाओवादी नेताहरुले विकल्प खोज्न थालेको स्रोत बताउँछ।

स्रोतका अनुसार ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई सहअध्यक्ष बनाउने वचन दिए पनि अहिले तेस्रो बरियता दिनसमेत आनाकानी गरिरहेका छन् ।

त्यसैगरि गृहमन्त्रीमा जिल्लिएका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई महासचिव विष्णु पौडेलभन्दा माथिल्लो बरियता दिने वचन दिएका ओलीले पछिल्ला दिनमा बेवास्ता गरेको हलला चल्न थालेको छ ।

ओलीले पूर्वमाओवादी नेताहरुलाई प्रतिवद्धता अनुसारको जिम्मेवारी र विश्वास नगरेपछि उनीहरु चिढिदै गएको बताईन्छ ।

‘‘प्रधानमन्त्रीमा उपयोग गर्ने मानसिकता मात्र देखियो’’ नाम उल्लेख नगर्ने शर्तमा १५ सय १ मध्येका एक नेताले भने, ‘‘उहाँमा आफूतिर तान्नलाई सबै कुरा हुन्छ भन्ने र पक्ष लिएपछि पेल्ने नियत देखिएको छ ।’’

प्रधानमन्त्री स्रोतले भने गृहमन्त्री थापा र पूर्वमाओवादी समूहका नेताहरुलाई हैसियतभन्दा बढी जिम्मेवारी दिएको दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयमा काम गरिसकेका एक सदस्यले भने, ‘‘सुरुमा गृहमन्त्रीले मेरो सबै टीम नै मसँग छ भन्नुभएको रहेछ । तर, अहिलेसम्म हेर्दा उहाँ एक्लै हुनुहुँँदो रहेछ ।

उहाँले आफ्ना नेताहरुलाई सरकारको बचाउमा लाग्न आग्रहसमेत नगर्नुलाई कसरी हेर्ने ? यस हिसाबले हेर्दा उहाँलाई दिइएको जिम्मेवारी हैसियतभन्दा माथिल्लो हो नी ।

एक्लो मान्छेलाई सिंगै पार्टीको दोश्रो बरियता कसरी दिन सकिन्छ ? ’’ गृहमन्त्री थापाले युवा संघमा समानान्तर कमिटी बनाएर एकताविरोधी गतिविधि गरेको आरोप समेत ती नेताले लगाए ।

‘‘सरकारमा बस्ने, अनि समानान्तर कमिटी पनि बनाउने ? यस्तो तरिकाले चल्दैन’’ उनले भने । गृहमन्त्री थापाले केही दिनअघि युवा संघको केन्द्रीय समिति बैठक बहिस्कार गर्न आफूपक्षीय नेताहरुलाई निर्देशन दिएका थिए ।

उनकै निर्देशनअनुसार युवा संघमा विवाद बल्झिएको छ । युवा संघमा मात्र होइन, थापाले आफूपक्षीय नेताहरुलाई सबै मोर्चामा असहमति राख्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय