बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

पछिल्लो संसदीय गणितका आधारमा भन्ने हो भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) तेस्रो ठूलो दल हो ।

यस पार्टीका अध्यक्ष यादव ओली क्याबिनेटमा उपप्रधानमन्त्री थिए । अहिले जसपा संसद विघटनको विरोध गर्दै सडकमा छ ।

संघीयता स्थापनामा निर्णायक भूमिका खेलेको मधेस आन्दोलनको नेतृत्व उपेन्द्र यादवले नै गरेका थिए । यसअर्थमा उनी जनआन्दोलन र जनविद्रोहबा जन्मिएका नेता हुन् ।

आज राणाशासन ढलेको दिन प्रजातन्त्र दिवस मनाइरहँदा हामीले जसपाका अध्यक्ष यादवसँग सामयिक राजनीतिबारे कुराकानी गरेका छौं ।

के प्रतिनिधिसभाले ओलीको मन्त्रिपरिषदलाई काम गर्न नदिएकै हो त ? ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम कसरी प्रतिगमन हुन सक्छ ?

अदालतले संसद विघटनलाई सदर गरिदियो भने जसपा चुनावमा जान्छ कि जाँदैन ? संसद पुनस्थापना भयो भने प्रतिनिधिसभाले नयाँ सरकार दिन सक्छ कि सक्दैन ? अनि, जसपा किन संयुक्त आन्दोलनमा नगई एक्लै सडकमा उभिएको ?

यिनै सामयिक विषयमा हामीले पूर्वउपप्रधानमन्त्री यादवसँग जिज्ञासा राखेका छौं ।

यदि संसद पुनस्थापना भएन भने देशको राजनीतिक परिस्थिति कता जाला भन्ने प्रश्नमा यादवको विश्लेषण छ, ‘त्यतिबेला केपी ओली पनि पराधीन भइसकेका हुनेछन् ।

बल अर्काको कोर्टमा पुगिसकेको अवस्था हुन सक्छ । उहाँको विवशता अझै बढेर जान सक्छ । मुलुक गहिरो राजनीतिक संकटमा पुग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय