मंगलबार , चैत्र ६, २०८०

केपि ओलिले रबि लामिछानेलाई नाठे पत्रकार भनेपछी || रबि लाई हुने भयो तनाव हेर्नुहोस भिडीयो सहित् || Rabi Lamichhane kp oli

र यो पनि
रविले जित्दै जित्दैन भनेक्की सरु माता रविले केहि माखो मार्दैन, फुल मालाको जिताईलाई म जित मान्दैन मान्दिन भन्दै: सरु माता मिडियामा (हेर्नुहोस भिडियो) यो फुल मालाको जिताई म मनाउदै मनाउदिन, यो रविलाई भोट दिएर जिताउने सबै भेडा हुन्, र जनताले आफै खुट्टामा कोदालो हाने,एस्तो जितलाई म जित मान्दिन, ५ बर्ष हेरौं ।

रविले माखो मार्दैन, रबि प्रधानमन्त्रि बन्न असम्भव छ, धेरै जाने पर्दैन ४, ५ महिना मात्र हेरौं, । जनता ऐले उफ्रिदैमा केहि हुँदैन, रबि लामिछानेले यो जितेको यो जित नै होइन, मलाई गालि गलौच गर्नेहरुलाई सबैलाई म उजुरी हाल्छु भन्दै माता पत्रकार संग जंगीईन, रबि लामिछानेले माखो मार्दैनन मलाई गालि गर्नेहरु सबै भेडा हुन् ।

जस्तो मान्छे त्यस्तै हुन् । पतित मान्छेले हो गाली गर्ने जो जस्तो हो त्यस्तै भन्छन । रविले गरेको रास्कोट हस्तितल पनि हेरियो, न्यूज २४ पनि हेरियो, ग्यालेक्सी पनि हेरियो आब राजनीति पनि हेरिन्छ, रविलाई भोट हाल्ने पछुताउछन्, उनीहरुले नै रविलाई गाली गर्छन, ह्भंदै यसरि रिसाईन बाँकी सबै भिडियोमा हेरौं ।

र यो पनि
सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा राष्ट्रपति हुने गरी गठबन्धनका अर्का सारथी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुने गरी सहमति भएको छ ।

देउवा निकट स्रोतका अनुसार पछिल्लो समय उनी राष्ट्रपति हुने गरी प्रचण्डसँग सल्लाह अघि बढेको बताइएको छ ।

‘यसअघि पनि गठबन्धनमा प्रचण्ड पहिला प्रधानमन्त्री उने गरी सहमति बनेको थियो,’ देउवा निकट स्रोतले सूत्रन्यूजलाई भन्यो, ‘बदलिएको परिस्थितिअनुसार प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ । तर कांग्रेसको मत सन्तुलनका आधारमा देउवा नै प्रधानमन्त्री बन्ने स्थिति छैन ।’

यसका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ग्रीन सिग्नल दिइसकेका छन् । उनले गठबन्धन जसरी पनि जोगाएर अघि जानुपर्ने भन्दै प्रचण्ड र देउवालाई प्रतिबद्धता गरिरसकेका छन् ।

देउवा नेतृत्वको गठबन्धन जसरी पनि अघि जोगाएर जाने रणनीति बुझेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन बनाउने प्रयासस्वरूप बिहीवार नै प्रचण्डलाई फोन गरेर मिलेर जाने प्रस्ताव गरेका थिए ।

प्रचण्डले छलफल त गरौंला तर तपाईले यसअघि गरेका राजनीतिक निर्णयमा पुनर्विचार गर्नुपर्ने भन्ने जवाफ दिएका थिए ।

अहिलेको सत्तारूढ गठबन्धनलाई एकीकृत ढंगले नै अघि बढाउने र अब एमालेलाई सत्तामा आउन नदिने गरी धेरै पहिलादेखि नै संरचना बनाइएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई कांग्रेस सभापति देउवाले आफ्नै पार्टीभित्रको अन्तर्घातका रूपमा लिएका छन् ।

१० मंसिर, इलाम । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ ।

यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् ।

अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।

गणनास्थलमा अहिले कांग्रेस समर्थकले नाराबाजीसमेत गरिरहेका छन् । गणनास्थलमा सुरक्षाकर्मी बढाइएको छ ।

मत गणना रोकिएको इलाम नगरपालिकाको वडा नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिकाप्रसाद गौतमलाई ५९ मतले पराजित गरेका थिए । बस्नेतले एक हजार ८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।

राजनीति गर्ने हो भने ग्राउन्डमै गएर भिज्नुपर्ने रहेछ : रेखा थापा

रेखा थापा, राप्रपा नेतृ – चुनावी पराजयलाई कसरी लिनुहुन्छ

निर्वाचनमा पराजयभन्दा पनि मत धेरै पाउनु ठूलो उपलब्धि हो । किनभने, म लडेको मोरङ ३ मा राप्रपाको खासै संगठन थिएन । स्थानीय तहको अंकगणित हेर्दा २५ सयभन्दा बढी मत थिएन ।

राजनीति गर्ने हो भने जनतासँग ग्राउन्डमै गएर भिज्नुपर्ने रहेछ भन्ने निर्वाचनबाट पाठ सिकेँ । ग्राउन्ड कसरी सञ्चालित हुन्छ, चुनावमा कसरी परिचालन हुन्छ, जनता के चाहन्छन्, जनतालाई कसरी ‘म्यानुपुलेट’ गर्दारहेछन्, सबै देख्न पाएँ । जे होस्, मैले समानुपातिक छाडेर ठीक गरेछु ।

समानुपातिकमा सुरक्षित थियो र तपाईंको सिट ?

हो, मलाई समानुपातिकमै बस्न भनिएको थियो । तर, ग्राउन्ड, जनता, समाज र आफ्नो भूगोल नबुझी नेता भइन्छ भन्ने मलाई लागेन । चुनावी प्रक्रिया पनि बुझ्नु थियो । मौन अवधिमा कसरी मतदातालाई ‘डाइभर्ट’ गरिन्छ, यो सब मलाई थाहा पाउनु थियो । प्रत्यक्षमा लडेर मैले यो सब बुझ्न पाएँ ।

‘रिल’ लाइफबाट ‘रियल’ रेखाका रूपमा जनतामाझ पुग्दा के अनुभूति भयो ?

धेरै फरक नि । करिब ११ हजार मत पाउनु भनेको जोक होइन । रूपान्तरण चाहने मान्छे त रहेछन् नि । अब यो संख्यालाई बढाउनु छ ।

तपाईंको अनुभवमा कति खर्चिलो हुनेरहेछ चुनाव ?

हाम्रो पार्टीको त एजेन्डा नै भ्रष्टाचार गर्नुहुँदैन भन्ने हो । तर, यहाँ अरूको खर्च सुन्ने हो भने बेहोस भएर ढलिन्छ । यो संसदीय व्यवस्थामा यसलाई पुँजीवादी चुनाव भने पनि हुन्छ । साह्रै भड्किलो र खर्चिलो ।

किन देश बन्दैनरहेछ, किन उम्मेदवारहरू सांसद भएपछि आफ्नो क्षेत्र नफर्कने रहेछन्, किन मन्त्री बन्न लाइन लाग्ने रहेछन्, किन भ्रष्टाचार गर्ने रहेछन्, मैले यी प्रश्नहरूको यसपालि जवाफ पाएँ । २०–३० करोड खर्च गर्ने रहेछन् ।

तपाईंको कति खर्च भयो नि ?

मेरो खासै भएन । पैसा खर्च गरेर माननीय भएपछि कसले काम गरेको छ अहिलेसम्म ? तर, धेरै कारणले खर्चिलो हुँदोरहेछ भन्ने थाहा पाएँ । ‘मेरो भोट यति छ’, ‘केटाहरूलाई परिचालन गर्नुपर्नेछ’ जस्ता प्रस्तावसहित हजारौँ कल आउँथे । अनगिन्ती अनुभव लिएकी छु यो चुनावबाट मैले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय