शुक्रबार , बैसाख ७, २०८१

देउवालाई प्रधानमन्त्री कुर्सिबाट उठिबास लगाएर ओलीलाई राख्ने प्रचण्डको डिल फाइनल !मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै अबको सत्ता समिकण कसरी अघि बढ्ला भन्ने चासो र चर्चा सुरु भएको छ ।

नेपाली काग्रेस सँगको गठबन्धनलाई अबको २० बर्ष सम्म लाने भन्दै बाचा गरेर निर्वाचनमा होमिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दहाल प्रचण्ड निर्वाचनमा माओवादी केन्द्रले नमिठो धक्का खाए पछि मर्माहत भएका छन् ।

गठबन्धनका कारण नेपाली काग्रेसले राम्रै जित निकाले पनि माओवादी केन्द्रलाई भने व्याक फायर भएको छ । काग्र्रेसका उम्मेदवार भएका ठाउँमा गठबन्धनका उम्मेदवारले सहज जित निकाली रहे पनि माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार भएका ठाउँदा पराजय बेहोरीरहेको छ ।

। नेपाली काग्रेससँगको गठबन्धन प्रत्युत्पादक भएको भन्दै अब काग्रेससँगको सम्बन्ध तोडेर बाम एकताको लागी पहल गर्नु पर्ने आवाज नेकपा माओवादी केन्द्र भित्र दरिलो रुपमा उठ्न थालेको छ । निर्वाचनको पुरा मत परिणाम नआउँदै नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड विच टेलिफोन संवाद भए पछि बाम एकताको बहस सुरु भएको छ ।

ओली र प्रचण्ड विच निर्वाचनमा जित हाँसिल भए पछि बधाई साटासाट गर्नका लागी टेलिफोन संवाद भएको भनिए पनि आगामी राजनितीक कोर्षका लागी ओली प्रचण्ड संवादको थालनीले विशेष अर्थ राख्ने चर्चा राजनितीक बजारमा चल्न थालेको छ।चुनाव पछि काग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डलाई निकै ठूलो धक्का लागेको छ ।

माओवादी केन्द्र चुनावबाट निर्णायक तेस्रो शक्तिका रुपमा स्थापित हुने र सत्ताको चाबी आफ्नो हातमा रहने दाबी गर्दैै आएका प्रचण्डले चुनावी परिणाम सोचे जस्तो नआाए पछि अब कुन स्टेप चाल्ने छन् भन्ने कुरा चासोका साथ हेरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी भित्रको ठूलो तप्का कम्युनिष्ट विभाजन हुँदा त्यसको फाइदा काग्रेसले लिएको र कम्युनिष्ट विभाजनकै कारण रवि लामिछानेको समेत उदय भएको भन्नेमा देखिन्छन् ।
।। बाम एकता गर्नु पर्ने आवाज एमाले र माओवादी केन्द्र दुवै पार्टीमा जोडदार रुपले उठ्न थालेको छ।आफैँ प्रधानमन्त्री बन्न नसक्ने अवस्थामा काग्रेसलाई प्रधानमन्त्री बनाउनु भन्दा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर जाने प्रस्ताव पनि प्रचण्डले गर्न सक्ने बताइन्छ । राष्ट्रपति

, उपराष्ट्रपति , सभामुख , उपसभामुख सबैको बाँडफाडमा एमालेसँग सहकार्य गरेर जाने बिषयमा पनि प्रचण्ड सकारात्मक रहेको खबर छ ।माओवादी केन्द्रका महासचिव देव गुरुङले बाम एकताको पहलकदमी एमालेले गर्नु पर्ने बताएका छन् भने माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमालेसँग सहकार्य सम्भव रहेको भनेका छन् ।

यता एमालेका दोस्रो तहका नेताहरुले पनि बाम एकता गरेर जानु पर्ने आवाज उठाइरहेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अहिले सम्म कुनै सार्वजनिक मन्तव्य या बक्तव्य दिएका छैनन् । प्रचण्डलाई कुनै पनि हालतमा काग्रेससँगको सहकार्य थप अघि बढाउँन नहुने दबाव पार्टी भित्र चर्को रुपले परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय