बिहिबार , बैसाख ६, २०८१

चितवन क्षेत्र नम्बर २ बाट भारी मतले प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने जनताको समस्या समाधानका लागी एक्सनमा उत्रिन थालेका छन् ।
।।

देशभरका किसानहरु मल नपाएका कारण पिरोलीरहेको अवस्थामा लामिछानेले किन जनताले मल पाएका छैनन् ? यस भित्रको भित्री खेल के हो ?भन्ने बिषयको सोधी खोजी गर्दै साल्ट टे«डिङमै पुगेर एक्सन लिएका छन् ।

सांसद निर्वाचित भएका अधिकांश दलका नेताहरु खादा मालाले पुरिएर विजयउत्सव मनाइरहेका बेला लामिछाने भने काममा लागेका छन् । आफुलाई भोट दिने जनतालाई परेको सबैभन्दा ठूलो समस्यामानै रविले पहिलो पहल सुरु गरेका छन्

।चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले साल्ट ट्रेडिङ कर्पोरेसनको नारायणगढ शाखामा किसानलाई मल वितरण हुन नसक्नुको कारण खोजेका छन् ।

। निर्वाचित भएको प्रमाणपत्र बुझेपछि लामिछाने सोझै कर्पोरेशनको कार्यालय पुगेर कर्पोरेशनका शाखा प्रमुख बुद्धिविनोद दाहालसँग किसानलाई समयमानै मल वितरण हुन नसक्नुको कारणबारे प्रष्टीकरण मागेका थिए ।

दाहालले मल अपुग भएकाले बाँड्न नसकिएको जवाफ फर्काए ।रविले काम गर्न नसक्ने भए राजीनामा दिएर जान दाहाललाई सुझाएका छन् ।लामिछानेले दाहाललाई भने,

‘छैन भनेर किसानलाई पठाउन भएन, काम गर्नुपर्‍यो, काम गर्न नसक्ने मान्छेले राजीनामा पनि दिन पर्छ, यो खरो कुरा हो, यसलाई तपाईँहरूले अन्यथा लिनु भएन ।’काम पनि गर्न नसक्ने,

लबिङ पनि गर्न नसक्नेले किसानको समस्यालाई टुलुटुलु हेरेर बस्ने हैन भन्दै रविले आफू यस क्षेत्रको जनप्रतिनिधि भएकोले किसानको समस्या समाधान गर्ने दायित्व आफ्नो पनि रहेको बताएका थिए ।उनले मलको समस्या तुरुन्त समाधान गर्न पहल गर्ने बताए ।

टेलिभिजन प्रस्तोताको रुपमा रहँदा समेत खरो प्रस्तुतीका कारण चर्चामा रहने लामिछानेले सांसद निर्वाचित भए लगत्तै एक्सन सुुरु गरे पछि जनमानसमा खुशियाली छाएको छ । कतिपय आलोचकहरुले सांसदको काम छापामार्ने होइन भन्दै आलोचना पनि गरेका छन् ।

भारी मतले चितवन २ बाट निर्वाचित भएका लामिछानेले आफु अधिकांश समय चितवनमै रहेर जनताको सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । काम विशेषले काठमाडौँमा रहँदा पनि समस्या र सुझाव राख्न सकिने गरी उनले मेकानिजम निर्माण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय