बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

आजै पदमुक्त हुनु भएका प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले राजनीतिक प्रतिशोधका कारण आफूलाई पदमुक्त गरिएको बयान दिनु भएको छ ।

उहाँले कानुनी व्यवस्था केही छ भन्ने पदमुक्तको मामिलामा सर्वोच्च अदालतमा अपील गर्ने पनि स्पष्ट पार्नुभयो ।

जनकपुरस्थित सरकारी निवासमा उहाँले आफु पदमुक्त हुन्छु भन्ने कुनै शंका नगरेको पनि जानकारी गराउनु भएको छ ।

आफु पदमुक्त भएको कुरा राष्ट्रपति कार्यालयबाट आएको इमेलपछि थाहा भएको पनि उहाँले जनाउनुभयो ।

परियारले पदमुक्त गरिएको मामिलामा राष्ट्रपति कार्यालयले इमेलबाटै जानकारी गराएको र अहिलेसम्म फोनमा कुनै प्रकारको खबर नगरेको पनि स्पष्ट पार्नुभयो ।

आफुलाई पदमुक्त गरिएकोमा दंग परेको र प्रदेश प्रमुखको भूमिका तटस्थ र निष्पक्ष निर्वाह गरेको जानकारी गराउनुभयो ।

आफुले मधेसमा खेल्नुपर्ने भूमिका सबै खेलेको पनि उहाँको जिकिर रहेको छ । सरकारले दिएको जिम्मेवारी पुरा गर्दै आफु कुनै गुट–उपगुटमा नलागेको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय