बिहिबार , बैसाख ६, २०८१

काठमाडौं

काठमाडौं महानगरपालिकाले १ सय ६२ जना नगर प्रहरी थप्ने भएको छ । महानगरपालिकाले टेण्डर आह्वान गरेर करारमा नगर प्रहरी थप्न लागेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

काठमाडौंको शहरी व्यवस्थापन, फुटपाथ नियन्त्रण, होर्डिङ बोर्ड र पहिचान प्लेट हटाउन १ सय ६२ जना नगर प्रहरी थप्ने लागेको हो।

अर्यालका अनुसार म्यादी प्रहरीसँगै अवकाशप्राप्त सुरक्षाकर्मी पुर्व सेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत आह्वान भईसकेको छ ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन)ले राष्ट्रिय सभा गृहमा नगरप्रहरीहरुलाई नेपाल प्रहरीको भन्दा अब्बल काम गरेर देखाउन निर्देशन दिएका थिए ।

नगरप्रहरीलाई नेपाल प्रहरी भन्दा फरक दृष्टिकोणले हेर्ने गरेको भन्दै शारिरीक रुपमा फिटनेस, आर्थिक पारदर्शिता र प्रभावशाली व्यक्तित्व बनाउन निर्देशन दिएको एक नगर प्रहरी अधिकृतले बताए । महानगरले अहिले १ सय ७३ नगर प्रहरी कार्यरत रहेको जनाएको छ ।

यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताए । उनले प्रहरी संस्था सबै समान भएकाे बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारकाे बनाउने बताए ।

आफ्नो छोटो सम्बोधनमा बालेनले नेपाल प्रहरीबाट केही जनशक्ति नगरप्रहरीमा थप्न खोजिएकोमा सफल नभएको बताए ।

‘हामीले नेपाल प्रहरीबाट ल्याउन खोज्दा नगर प्रहरीभन्दा हामी माथि हौं भन्ने भावना देखियो’, उनले भने, ‘तपाईंहरुले आगामी दिनमा फिटनेसदेखि विभिन्न

पक्षहरुमा सुधार ल्याएर आफ्नो सवलीकरणमा लाग्नुस् । यसका लागि आवश्यक सहयोग महानगरले गर्न तयार छ ।’ साहले अनुशासनमा रहेर काम गर्न नगरप्रहरीलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय