बुधबार , बैसाख १२, २०८१

नेकपा (माओवादी केन्द्र) जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर नेकपा (माओवादी केन्द्र) तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको छ।६८ लाख ७७ हजार ५९५ मत गन्दा माओवादीले रास्वपालाई उछिनेको छ। अहिले माओवादीले ८ लाख ४१८ अर्थात् ११.६३ मत पाएको छ

भने रास्वपाले ७ लाख ९९ हजार ३४८ अर्थात् ११.६२ प्रतिशत मत पाएको छ।समानुपातिकतर्फ काठमाडौं र सहरी क्षेत्रको मतगणना हुँदा रास्वपाले माओवादीलाई निरन्तर पछि पारेको थियो। पछिल्लो समय देशैभरिको मतगणना भइरहेकाले माओवादीले आफ्नो मत बढाएको हो।समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी तेस्रो स्थानमा उक्लेको हो । एमाले र कांग्रेस क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।बारा- चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ ।

यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक÷एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

यसैगरी प्रदेशसभातर्फ १(१), ३(१), ३(२) र ४(२) मा एमालेका उम्मेदवार विजयी भएका छन् ।एमालेसंग चुनावी तालमेल गरेको जसपाले १(२) र २(२) को प्रदेशसभामा जित हात पारेको छ ।

एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४(२) मा जित हात पारेको छ भने क्षेत्र नं. २(१) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् ।बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ ।

सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र) समानुपातिकतर्फको मतमा पनि तेस्रो स्थानमा उक्लिएको छ ।शुरूबाटै समानुपातिकतर्फ चौथो स्थानमा रहँदै आएको माओवादी शनिवार मध्याह्नबाट तेस्रो स्थानमा उक्लिएको हो ।

१२ बजेर ३० मिनेट जाँदा माओवादीले ८ लाख ६ हजार ५५१ मत पाएको छ भने चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख १ हजार ७२४ मत पाएको छ ।पाँचौं स्थानमा राप्रपा, छेटौंमा जसपा र सातौंमा एकीकृत समाजवादी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय