बिहिबार , बैसाख १३, २०८१

सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवको जित निश्चित भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरी उनी विजयी हुन लागेका हुन्।

यस क्षेत्रमा जम्मा ७२ हजार ३६ मत खसेको थियो। जसमध्ये ७१ हजार १४७ मत गणना भैसकेको छ। जसमा रायले २२ हजार ६ सय ४१ मत ल्याउँदा महतोले २० हजार १ सय ६२ मत पाएका छन्।

नेकपा एमालेका राजनरायण साहले १४ हजार ३ सय ८३ मत ल्याए।अब ८ सय ८९ मत मात्र गन्न बाँकी छ।

ती सबै मत महतोलाई गए पनि उनको जित असम्भव छ।

र यो पनि
बालुवाटारमा देउवा-प्रचण्ड छलफल: यही गठबन्धनलाई निरन्तरता दिन एकमतमंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिक भइरहेका बेला सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बिहान छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजेदेखि एक घन्टासम्म भएको छलफलमा चुनावी नतिजा र आगामी सरकार निर्माणबारे चर्चा भएको थियो।प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारका अनुसार छलफलमा देउवा र प्रचण्ड यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा एकमत भएका छन्।

गठबन्धनलाई निरन्तरता दिने समानुपातिकतर्फको मतगणना भइसकेपछि गठबन्धनका दलहरू र अन्य दलहरूसँग छलफल गर्ने पनि उनीहरूबीच समझदारी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय