शनिबार , बैसाख ८, २०८१

रबि लामिछाने भारी मतले बिजयी,जित घोषण सँगै चितवन जनसागरको ओइरो,युवा देखि बृद्धिसम्म घण्टी बजाउदै

चुनावको परिणाम घोषणा लगत्तै माओवादी र नेकपा एसको पार्टी एकता हुने, प्रचण्ड प्रधानमन्त्री र माधव नेपाल पार्टी अध्यक्षनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताएका छन्।रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया

दिँदै नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए।उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे।संसदीय जितलाई उनले

आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए। पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनले बताए।

‘यो हामीले सोचेभन्दा कम हो। हाम्रा कमी कमजोरी पनि भएका होलान्। तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने।एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ।काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताएका छन्।

रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए।

उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे।संसदीय जितलाई उनले आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए। पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनले बताए।

‘यो हामीले सोचेभन्दा कम हो। हाम्रा कमी कमजोरी पनि भएका होलान्। तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने। एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ।

काग्रेसको इमान्दार खेतालामा सिमित भयो माओवादी केन्द्र , पुरा रिजल्ट नआउँदै सुरु भयो घम्साघम्सी !

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गते गराएको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम देशैभरबाट धमाधम आइरहेको छ । प्रारम्भिक परिणाममा जनु रुझान देखिएको छ त्यसले अनेकौ सवालहरुलाई उजागर गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध सत्ता पक्षिय ५ दल गठबन्धन गरेर निर्र्वाचनमा होमिएका थिए ।

प्रतिपक्षका विरुद्ध सत्तापक्ष गठबन्धन गरेर निर्वाचनमा जाने कुरा आफैँमा अनौठो त छँदै थियो प्राप्त मत परिणामले अप्राकृतिक गठबन्धन गर्नेहरुलाई समेत जनताले लोप्पा खुवाइदिएका छन् ।

जुन किसिमको मत परिणाम आइरहेको छ यसले नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले नमिठो धक्का खाएको छ ।

गठबन्धनबाट नेपाली काग्रेसले लाभ लिएको देखिए पनि माओवादी केन्द्र र नेकपा एसको भने हालत खराब देखिएको छ ।

काग्रेसका उम्मेदवार भएका ठाउँमा माओवादी केन्द्रका कार्यकर्ताले इमान्दारीताका साथ भोट हालेको चर्चा छ किनभने काग्रेस उम्मेदवारले तुलनात्मक रुपमा सहज जित निकालिरहेका छन् भने माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार बनेका ठाउँमा उनीहरु धमाधम पराजित भइरहेका छन् ।

गठबन्धन गर्दा जति सिटमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ त्यति सिट त एक्लै प्रतिष्पर्धा गरेको भए पनि जित्न सकिने थियो भनेर माओवादी केन्द्रका कार्यकर्ताहरुले नेतृत्वको आलोचना गरेका छन् । कपितयले त प्रचण्डले राजिनामा दिनु पर्ने आवाज पनि उठाइरहेका छन् ।

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अधिकांश उम्मेदवारहरु पाराजित भएका छन् ।

विरोध खतिवडा , रामकुमारी भाँक्री देखी जगन्नाथ खतिवडा सम्मलाई एमाले उम्मेदवारले हराएका छन् भने झलनाथ खनाल पनि हारको नजिक रहेका छन् ।

काग्रेसले माओवादी केन्द्रलाई खेताला मात्रै बनाएको चर्चा राजनितिक क्षेत्रमा व्यापक रुपमा चल्न थालेको छ ।

२० बर्ष सम्म गठबन्धन गछौँ भन्ने काग्रेस माओवादीको गठबन्धन २० दिन पनि टिक्न नसक्ने होकी भन्ने चर्चा पनि चल्न थालेको छ। माओवादीका नेताहरुले खुलेरै काग्रेसले धोका दिएको भन्न थालेका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले त नेपाली काग्रेसका महामन्त्री गगन थापाको नामै किटेर काग्रेसले माओवादीलाई भोट नहालेर घण्टीमा भोट हालेको आरोप लगाएका छन् ।

चुनाव अघि आफ्नो पार्टी निर्णायक तेस्रो शक्ति बन्ने र आफ्नो हातमा सत्ताको चाबी आउने बताउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि चुनावी नतिजाले मर्माहत बनेका छन् । चुनाव पछिको पहिलो प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डको दाउमा चुनावी नतिजाले घाउ लगाइदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय