मंगलबार , चैत्र ६, २०८०

रबी ले जित्दैन भन्ने सरु मता लाई मिडिया ले पर्‍यो एस्तो र्याख र्याख भिडियो युटुबमा हेर्नुहोस्।

र यो पनि
काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनले सत्तारुढ गठवन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका विश्वनाथ साहलाई हराउँदै जित हासिल गरेका हुन् ।

श्रेष्ठ २८ हजार ६४ मत ल्याउँदा साहले २६ हजार ८८२ मत पाए । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेश यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवर्द्धनदास तत्माले एक हजार २५९ मत पाए । यस क्षेत्रबाट यसअघि पनि श्रेष्ठ विजयी भएका थिए ।

र यो पनि
काठमाडौँ – सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले आफ्नो पकड जिल्ला मोरङमा महत्वपूर्ण सिट गुमाउन सक्ने सम्भावना बढेको छ। निरन्तर पछि पर्न थालेसँगै नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर २ गुमाउन सक्ने संकेत देखिएको हो।

गठबन्धनको पूरा साथ हुँदा पनि सो क्षेत्रमा कांग्रेस पछि परिरहेको छ। मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला निरन्तर पछि परेकी छन्। उनले नेकपा एमालेसँगको मतान्तरलाई उल्लेख्य रुपमा घटाउन सकिरहेकी छैनन्।

मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले गठबन्धनको समर्थनमा सुजाता कोइरालालाई उम्मेदवारको रुपमा उठाएको छ। तर कोइराला निरन्तर पछि पर्दै गएकी छन्। उनी नेकपा एमालेका ऋषिकेश पोखरेल भन्दा १ हजार १ सय ६२ मतले पछि रहेकी छन्।

पछिल्लो मतपरिणामका अनुसार पोखरेलले ३१ हजार ३ सय ६४ मत प्राप्त गर्दा कोइरालाले ३० हजार २ सय २ मत मात्र प्राप्त गरेकी छन्। सो क्षेत्र नेपाली कांग्रेसको राम्रो पकड भएको क्षेत्र हो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपाने ४ हजार ५ सय ५२ मतसहित तेस्रो स्थानमा छन्। मोरङ-२ मा एमालेका पोखरेल र कांग्रेसकी कोइरालाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यसअघिको निर्वाचनमा भने यो क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजाल विजयी भएका थिए।

आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए । उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय