मंगलबार , बैसाख ११, २०८१

काठमाण्डौ:

गन्तव्यमा पुग्न सही नीति र योजना र विचारमा संगठित भएको हाम्रो पार्टी हुनेछ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र कार्यान्वयन गर्न अब नयाँ शुद्धीकरण अभियान र आ’न्दोलन सफलतापूर्वक चलाइने छ। त्रिशुली नदीमा कुनै फोहोर फ्याँके किनारामा पुग्छ।

अनि त्यो फोहोर बाहिर पुग्छ। नेपालको कम्युनिस्ट आन्दोलनका फोहोर यो आ’न्दोलनले किनाराभन्दा बाहिर फाल्छ। यो कोशेढुङ्गा हुनेछ।

अस्ति मात्रै पार्टी हाम्रो पार्टीको बैठकमा उपस्थित नभएकाहरूले सभा गरेछन्। सभामा एकथरीले एउटा ना’रा लगाए, अर्कोले अर्को नारा लगाएछन्।

त्यहीँ ठाक’ठुक हुन थालेछ। अहिले नै यस्तो छ, वहाँहरुको दुई वटा दर्शनढु’ङ्गामा झ’ल्याकझु’लुकु भएजस्तो। माथिका नेताहरूको ध्यान पदमा छ। यता ९आफ्नो पक्षमा आउनु पर्ने थियो।

सुन्तला खान सुन्तला घारीतिर जान पर्ने थियो। सल्लाघारीतिर गएपछि कहाँ सुन्तला पाइन्छरु पद चाहिएको छ ठूलो ठूलो तर खालीखाली ठाउँमा जानेरु पार्टीलाई व्यापक बनाएर यो वर्ष आँधीका रूपमा ल्याउनेछौँ। राष्ट्रियतालाई मजबुत बनाउनु छ।

स्वाधीनतालाई मजबुत बनाउनु छ। भौगोलिक एकता र समृद्ध नेपाल बनाउन हामी निकै अघि बढेका छौँ। नेपालको इतिहासमा उल्लेख्य टर्निङ प्वाइन्टका रूपमा रहने छ।

हाम्रा उद्देश्यहरू सं’कीर्ण र पारिवारिक होइनन्। बहिनी र छोरीका लागि लडेका छैनौँ।

हामी देशका लागि लडेका छौँ। दिदीभाइ र देशका सन्तानको भविष्यका लागि लडेका छौँ। साथीहरूलाई म भन्न चाहन्छु, पार्टी एकता गर्यौँ। तर तीन महिनामा हुने भनेको काम तीन वर्षका किन पूरा हुन दिएनरु पार्टीले यसरी सभा गर्न दिएको थियो।

सधैको झमेला र गुटको स्थिति थियो। गएका तीन वर्ष पार्टीले देश अघि बढाउन महत्वपूर्ण काम गर्नु पर्दथ्यो तर त्यो भएन। कार्यकर्तालाई अलमलमा राखियो।

असंगठनमा राखियो। बलिदान गरेका कार्यकर्ता आज समाजको पछौटेपन हटाएर समाजलाई सचेत बनाएर संगठित नभएर शिथिलतामा पुगेका छन्।

समस्या कहाँ रहेछ र खिया कहाँ लागेको छरु दुई वटा नटबोल्ट फेर्दा कहाँ पुग्यो। खिला लागेका नटबोल्ट आफैँ फुक्लेका हुन्।

निर्वाचन आयोगबाट मैले एउटा पत्र प्राप्त गरे। यो बरमाझियाको बुढोको पेडा पसल हो र म नै असली हो भनेर दाबी गर्नलाईरु यो पेडा पसल होइन।

पार्टी हाम्रो हो। हामी नै असली हौँ भनेर निवेदन दिएको हिजो मलाई जानकारी दिएको छ। जसको घर हो ऊ निवेदन हाल्न जान पर्छरु जसको जमिन र गाडी हो ऊ जान पर्दैन।

पार्टीको विधान र नियमावली र कानुन अनुसार पार्टी सञ्चालन गरिहेका छन्। भेट्नु कुहिएर झरेका दुई फलहरूले रुख मै हुँ भनेर दा’बी गर्नेरु बैठकमा आउनुस भनेका छौँ।

पुष्पकमल दाहालाई अध्यक्षमा राखेका छौँ। माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय