शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ:

संसद विघटन पछि भएको राजनीतिक तरंगको असर प्रदेशहरुमा पनि देखिएको छ ।

कतिपय प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको छ भने कतै संसद बैठक नै बस्न सकेको छैन ।

शुक्रवार प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त गरेर उनको स्थानमा राजेश झा लाई नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई वर्खास्त गरि झा लाई नियुक्त गरेको सूचना सार्वजनिक भएको छ ।

रौतहट जिल्लाका राजेश झाको बारेमा जिल्ला वाहेक अन्य परिचय खुलाइएको छैन ।

राष्ट्रपति भण्डारीले आज शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले परियारलाई हटाएर प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश दिन खोजेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

पूर्व माओवादीका नेता समेत रहेका परियार प्रचण्ड नेकपाको कार्यकारी हुँदा उनैको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका थिए ।

उनलाई हटाएर प्रचण्डलाई झट्का दिन खोजीएको वालुवाटार स्रोतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय