बिहिबार , बैसाख १३, २०८१

झापा मङ्सिर ८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामपति टिप्पणी गर्दै मिलिजुली सरकार बनाउनेतिर देश गएको भन्दै यसले सरकार बनाउन र टिकाउन गाह्रो हुने बताएका छन् ।

निर्वाचन जितेको प्रमाणपत्र बुझेपछि जनताको स्वागत ग्रहण गर्दै अध्यक्ष ओलीले निर्वाचन उत्सव भएकाले यसलाई रमाइलोको रुपमा लिन नहुने बताए ।

उनले ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए । अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

ओलीले भने- अब सरकार बनाउन गाह्रो ,बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो । मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो ।

ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय