मंगलबार , बैसाख ४, २०८१

चुनावको नतिजा अनपेक्षित आएपछि नेकपा माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका माओवादी महासचिव देव गुरुङले फेरि बाम एकता गर्नुपर्ने बताएका हुन् ।

पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै उनले बाम एकता गर्नुपर्ने बताएका छन्। लमजुङबाट प्रतिनिधिसभामा पृथ्वीसुब्बा गुरुङसँग देव गुरुङ ३१८८ मतले पराजित भएका थिए ।

पृथ्वीसुब्बा गुरुङ बसेको होटल पुगेर देव गुरुङले बिहान बधाई तथा कार्यकाल सफलताको कामना गरेका हुन् ।

भेटका क्रममा देव गुरुङले पीएसलाई वामहरू एक हुनुपर्ने र एमालेबाट त्यसको पहल गर्न पृथ्वीसुब्बालाई आग्रह गरे । भेटमा दुवै नेताबीच वामपन्थी एकताको विषयमा कुराकानी भएको छ ।

देव गुरुङले देशको ६५ प्रतिशत मत कम्युनिष्टको भएपनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए । यसअघि गरिएको एमाले-माओवादी एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको यी दुई नेताले बताएका छन् ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय