शुक्रबार , बैसाख ७, २०८१

गठबन्धनको नाममा नेपाली कांग्रेसले गम्भीर घात गरेको भन्दै माओवादी केन्द्रमा बबण्डर मच्चिएको छ । बिहानै वाइसियलका इन्चार्ज रामप्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापालाई गम्भीर आरोप लगाएसँगै माओवादी नेताहरू खुल्न थालेका छन् ।

सापकोटाले रवी लामिछानेको पार्टीसँग मिलेर गगनले माओवादीका लागि गम्भीर घात गरेको बताएका थिए । उनले माओवादीका उम्मेदवार हराउन उनले भूमिका खेलेको बताएका थिए ।
। ।

त्यस्तै माओवादी केन्द्रका तनहुँ संयोजक ओमराज आलेले नेपाली कांग्रेसले आफूहरूलाई गम्भीर घात भएको बताएका छन् ।

तनहुँ २(१) मा माओवादी उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने हारेपछि संयोजक आलेले आफूहरुलाई गम्भीर घात भएको बताएका हुन् ।

माओवादीले तनहुँ २ मा शंकर भण्डारी र प्रदेशसभामा कांग्रेसका जीतप्रकाश आलेलाई जिताउँदा कांग्रेसले माओवादीलाई सहयोग नगरेको उनको भनाइ छ ।

माओवादी उम्मेदवार हार्नुले गठबन्धनको राजनीतिक संस्कार नै धुमिल बनाएको उनको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै माओवादी गठबन्धनप्रति बफादार भएपनि कांग्रेस बफादार नबनेको लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय