मंगलबार , बैसाख ११, २०८१

काठमाडाैं ।

२०७९ मंसिर ५ गतेकाे निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा दुबै व्यवस्थापिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई शहरी क्षेत्रका मतदाताले नपत्याएको देखिएको छ ।

मतगणनाको पछिल्लो चरणमा उनीहरुका उम्मेदवारले पाएको मत हेर्दा यस्तो तथ्य देखिएको हाे । माओवादी र एकीकृत समाजवादीले जति उम्मेदवार उठाएका छन्, ती सबै पराजित हुने देखिएको छ ।

माओवादी केन्द्रले काठमाडौंमा जति पनि उम्मेदवार उठाएको छ ती सबै काठमाडौं बाहिरका नेताहरु हुन् । काठमाडौंमा पाहुना बनाएर उठाएका कारण ती प्रति काठमाडौंका स्थानीयहरुको आक्रोश देखिन्थ्यो ।

स्थानीयले अवसर नपाएको भन्दै माओवादी नेताहरुले असन्तुष्टि जनाएका थिए । माओवादीले बाहिरबाट नेता ल्याएर उम्मेदवार बनाए पनि एकीकृत समाजवादीले भने काठमाडौंका रैथानेलाई नै उम्मेदवार बनाएको थियो । तर, उनीहरु पनि सबै पराजित भएका छन् ।

एकीकृत समाजावदीले काठमाडौं ८ मा जीवनराम श्रेष्ठ र ललितपुर २ मा कृष्णलाल महर्जनलाई उम्मेदवार बनाएको थियो । ती दुवै जना पराजित भएका छन् ।माओवादीले भने काठमाडौं बाहिरबाट ल्याएर काठमाडौं २ मा ओनसरी घर्ति, काठमाडौं ९ मा कल्पना धमला र काठमाडौं ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएको थियो । उनीहरुलाई मतदाताले पत्याएनन् । मतपरिणाम अनुसार उनीहरुले अग्रता लिनै सकेनन् ।

स्थानीय तहको चुनावमा पनि काठमाडौंमा माओवादीले गतिलो प्रदर्शन गर्न सकेको थिएन । कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा हाेमिएकाे माओवादीका उम्मेदवारहरुलाई कांग्रेसले मतदान नगरेकाे स्पष्ट भएकाे छ ।

अर्को पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार हुनु परेको र गठबन्धनबाट धाेका पाएकाे पनि देखिएकाे छ । त्यसरी हेर्दा काठमाडौं उपत्यका माओवादीका लागि अफापसिद्ध देखिएको छ ।

ललितपुर २ मा एमालेका महर्जनलाई ५ हजार बढीको अग्रता, गठबन्धन चौथोमा
ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको सुरुदेखिकै अग्रता अझ फराकिलो बन्दै गएको छ । एमालेका उम्मेदवार प्रेम महर्जन ५ हजारभन्दा बढीको मतान्तरले अगाडि बढेका छन् ।पछिल्लो मत परिणाम अनुसार एमालेका महर्जनले १४ हजार ७६२ मतका साथ अग्रता लिइरहँदा लौरो अभियानका सुबिन शाक्यको ९ हजार ६२१ मत रहेको छ ।

तेस्रो स्थानमा घण्टीका उम्मेदवार हिरालाल महर्जनको ७ हजार ७७७ मत रहेको छ भने गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जन ७ हजार ५६२ मतसहित चौथो स्थानमा छन् । उनी निवर्तमान सांसद समेत हुन् ।

गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३,झापा २,काठमाडौं ७ मा भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।

ज्ञानेन्द्र शाही अरु प्रतिस्पर्धी भन्दा तेब्बर मतान्तरले अघि बढे
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् । शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् ।

राप्रपाका उम्मेदवार शाहीले ७१६ मत ल्याउदा उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत पाएका छन् ।त्यस्तै मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ ।

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको सुरु भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली भएको भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो । अहिले तीनवटा गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उहाँले बताउनुभयो ।

गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएको छ ।

त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ २ (१) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र २ (२) मा कांग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार रहनुभएको छ । अध्यक्ष प्रचण्डका प्रत्याशीका रुपमा एमालेका अब्दुस मियाँ र नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी यस क्षेत्रमा चुनावी मैदानमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय