बिहिबार , चैत्र १५, २०८०

भक्तपुर – भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका दुर्लभ थापा विजयी हुनुभएको छ ।

मध्यपुरथिमि नगरपालिका बोडेको नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मत गणनाको आज बिहान ५ बजे घोषणा भएको अन्तिम मत परिणामको नतिजा अनुसार कांग्रेसका थापा नेकपा एमालेका पोलिटब्युराे सदस्य महेश बस्नेतलाई ९५९ को मतान्तरले पराजित विजयी हुनु भएको हो ।

कुल ६५ हजार ९९१ मत रहेको यस क्षेत्रमा कांग्रेसका उम्मेदवार थापा २४ हजार २३८ मतले अग्रता प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी महेश बस्नेतले २३ हजार २७९ मत प्राप्त गरी पछाडि पर्नु भएको हो ।

२०७४ सालको चुनावमा यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएका दमननाथ ढुङ्नाले १८ हजार ६८७ मत प्राप्त गर्दा नेता बस्नेतले ३६ हजार ४१२ मत प्राप्तगरी विजयी हुनु भएको थियो ।। 

अहिले यहीँ क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार थापासँग ९५९ मतको अन्तरमा बस्नेतले पराजय भोग्नु पर्यो । भक्तपुर क्षेत्र नं. २ मा २०४६ सालमा बहुदल पुनस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । २०४८ सालमा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा त्यसपछि क्रमश

। २०५१ सालको मध्यावधि चुनावमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालको चुनावमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालको चुनावमा नेमकिपाका सुनिल प्रजापति, २०७० सालको चुनावमा कांग्रेसका रामेश्वर ढुंगेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय