काठमाडौं।

पूर्व राजा ज्ञानेन्द्र शाह झापामा छन् । उनी आइतबार झापा पुगेर समर्थकहरुलाई भेटघाट गरिरहेका छन् ।

बिहिबार पूर्व रानी कोमल शाहको जन्मदिन झापामै मनाउने तयारी भइसकेको छ । होटल क्राउन प्लाजामा पूर्व रानीको जन्मदिनको भव्य तयारी भइसकेको छ ।

जन्मदिन मनाउन पूर्व युवराज्ञी हिमानी शाह, पूर्व नवयुवराज हृदयन्द्र शाह पनि झापा पुगिसकेका छन् । पूर्व युवराज पारस शाह पनि आमाको जन्मदिन मनाउन सहभागी हुने भएका छन् ।

पूर्व रानीको जन्मदिनमा पूर्व राजपरिवारका सदस्य र आफन्त गरी ५० जना काठमाडौंबाट झापा पुग्दैछन् ।

पूर्व रानीको जन्मदिन मनाएपछि पनि ज्ञानेन्द्र शाह र कोमल शाह केही दिन झापामै रहनेछन् ।

१६ फागुनमा स्वर्गीय राजा महेन्द्र शाहको श्राद्ध परेकाले उनी बीचमा काठमाडौं फर्कने तय भएको छ । त्यसपछि उनी पुनः झापा नै पुग्नेछन् ।

फागुनको अन्तिम तिर पूर्व राजा ज्ञानेन्द्र शाह भारत प्रवेश गर्ने तय भएको छ । स्थल मार्गबाट पूर्व राजा भारत जानेछन् ।

उनी भारतको सिलगुढी हुँदै दार्जिलिङ, खर्साङ कालिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् । त्यहाँ उनले महत्वपूर्ण भेटघाट पनि गर्ने बुझिएको छ ।-फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय