मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

बैतडीकी भागरथी भट्टको ह’त्या’मा उनकै छिमेकी तथा विद्यालयका सहपाठी रहेको खुलेको छ ।

अभियुक्त युवक भागरथी अध्ययन गर्दै आएको सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् ।

दिनेश भट्ट नाम गरेका युवक किशोरावस्थाका छन् । उनले प्रहरी समक्ष ब’ला’त्का’र’प’छि ह’त्या स्वीकार गरेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने पुष्टि गरेको छ ।

दिनेशले भागरथीलाई भीरमा लडाएर ब’ला’त्का’र’प’छि ह’त्या गरेको स्वीकार गरेका हुन् । भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो ।

त्यसपछि उनीहरु गाउँ छाडेर केही पर बस्दै आएका थिए । समाजमा ती युवकको चालचलन ठिक थिएन । उनको व्यक्तिगत चालचलन ठिक नभएकाले पनि निगरानीमा थिए ।

भागरथी ह’त्याका अभियुक्त प’क्रा’ऊ, छिमेकी युवाद्वारा ब’ला’त्का’र’पछि ह’त्या गरेको स्वीकार

प्रहरीले केही दिन निगरानीमा राखेर प्रमाणहरु संकलन गरेपछि प’क्रा’ऊ गरेको थियो । त्यसपछि बयानका क्रममा युवकले ह’त्या स्वीकारेका थिए ।

ब’ला’त्का’र’को प्रमाण जुट्ने सबै प्रक्रिया समेत प्रहरीले चालेपछि सार्वजनिक गर्न लागेको हो ।

प्रहरीले यथेष्ठ प्रमाण जुटाएपछि मात्र युवक नै ह’त्या’का अभियुक्त भएको निष्कर्षमा पुगेको थियो ।

डिएनए टेष्टलगायत प्रक्रिया समेत बढाएपछि मात्र प्रहरीले भागरथी भट्टको ह’त्या’का अभियुक्तबारे खुलासा गरेको हो ।

यसअघि सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदीले रिपोर्टर्स नेपालसँग कुरा गर्दै हिजो दुई दिनभित्र ह’त्या’का अभियुक्त सार्वजनिक गर्ने बताएका थिए ।

उनले ह’त्या’का अभियुक्तको पहिचान भइसकेको खुलाएका थिए ।

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको ब’ला’त्का’र’प’छि ह’त्या भएको थियो ।

उनको श’व २२ माघमा फेला परेको थियो । ब’ला’त्का’र’पछि भागरथीको घाँ’टी थि’ची ह’त्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो ।

भागरथीको श’व लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रग’त समेत बगेको अवस्थामा भेटिएको थियो ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ ।

एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वेपत्ता भएकी थिइन् । उनको श’व भोलिपल्ट फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय