मंगलबार , माघ १७, २०७९

रबि माथी आक्रमण र ऊजुरी पछि चितवनमा ऊठेयो जनलाहर अब गठबन्धन लाई सखाप पार्छौ भन्दै जनताले यस्तो गरे रबिलाई जिताऊन हेर्नुहोस भिडीयो सहित्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

र यो पनि
म १८ वर्ष उमेर नपुगेकी मतदान गर्न नपाउने व्यक्ति हुँ। तर, म आफ्नाे मतबारे स्पष्ट छु, हाम्रो र राम्रो मज्जाले छुट्याउन सक्छु।

म देख्छु मेरा बाको बाहिरी हाँसो, आमाको एकैछिनको देखावटी खुसी, दाइको दिनहुँको खाडीबाट निस्किने प्रयास। तर, यति सबै देख्दा पनि मैले धेरै कुरा देख्न बाँकी नै रहे जस्तो लाग्छ। कता-कता देश खल्लो हुँदै गए जस्तो लाग्छ। आमाको खुसी देख्दा देखावटी हो भनेर छुट्याउने म देशको अलिअलि विकास हुँदा पनि यो विकासलाई देखावटी नै देख्ने म मात्र होला र ?

बाले छोरालाई खाडीमा पठाएर अहिले आफ्नो नै राम्रो हो भन्दै भोट कसलाई हाल्ने भन्ने निधो गरिसके। आमाले मन नहुँदा नहुँदै भएकी एउटी छोरी पनि विवाह गरेर पठाउन पाए आनन्द हुन्थ्यो, खर्च घट्थ्यो भन्ने सोच्दै यसलाई भोट दिन्छु भनेर निधो गरिसकिन्। अनि, मैले पनि सोचिसकेको थिएँ, हाम्रो उम्मेदवारलाई भन्दा राम्रो उम्मेदवारलाई भोट हाल्छु, उहाँलाई जिताउछु भनेर। तर, मेराे त मतदान गर्ने याेग्यता पुगेकाे छैन रे। मैले राम्रोलाई भोट हाल्छु भन्दा पनि नपाउने ? मलाई त आफ्नै बा-आमासँग प्रश्न गर्नु छ, किन मेरा बा र आमाले कुन पार्टीलाई भोट दिने कसलाई जिताउने भनेर निधो गरिसकेका छन् भनेर ? आखिर कसले के विकास गर्छ भनेर कसरी थाहा पाए ? कि राम्रोलाई नहेरेर हाम्रोलाई हेरे ?

म, अर्थात् भोलिको युवा, देशको लागि चाहिने मान्छे र देश मलाई आजै चाहिएको छ। तर, म यो चुनावमा उठ्न त धेरै टाढाको कुरा म त राम्रोलाई भोट दिन्छु भन्दा पनि नपाउनु रे। मलाई सोध्न मन छ, यो देशका नेताहरुसँग आखिर हामीले किन भोट हाल्न नपाउने ? उमेर नपुगेर, काम गर्न जान्दैनौं भनेर, कि भोलिका देशका बत्तिहरुले आजै बत्तिलाई चिनेर राम्रोलाई भोट दिन खोज्लान भनेर ?

यहाँ नागरिकता बनाउन १६ वर्ष पुग्नपर्ने, भोट हाल्न १८ वर्ष पुग्नपर्ने अनि १८ वर्ष जब पुगिन्छ त्यति नै बेला नागरिकता सँग सँगै पासपोर्ट (राहदानी) पनि बनाएर घरको अवस्था हेरेर खाडीतिर जानूपर्ने। अब देशमा को रहे त ? तिनै बुढाबुढी जो पग्लिन्छन, एकदिनको मिठो देखावटी बोलिमा। आखिर कहिलेसम्म युवा पिछडिनुपर्ने हाम्रो देशमा ? आखिर कहिलेसम्म यसरी भोकभोकै मर्नुपर्ने देशका नागरिकहरु ? के देश नेताहरूकै लागि र पैसावालाहरुकै लागि मात्र बनेको हो त ? के अब म र म जस्ता गरीबको परिवार १८ वर्ष कहिले पुगिएला र खाडी पसुम्ला भनेर १८ वर्ष पुग्नुपर्ने दिन कुर्नुपर्ने ?

म सम्झन्छु, आजभन्दा पाँच वर्षअगाडि हात जोड्दै आएका नेताहरु जसले वाचा गर्दै मेरी आमाको आँसु पुछ्दै भनेका थिए,‘मलाई यो चुनाव जिताइदिनुहोस् हजुरको छोरोलाई अर्को महिना नै देश बोलाएर उता पाउनेभन्दा डबल पैसा आउने ठाउँमा रोजगार हामी छु।’

अहिले पाँच वर्ष भयो। म आज फेरि प्रश्न गर्छु, कहिले आउँछ मेरो दाइ जन्मभूमि फर्किने दिन ? तर, मेरो आमालाई आजसम्म कहिले यो प्रश्नको जवाफ नदिएका ती नेताहरुले आज चुनाव आउने बेला फेरि भन्छन्, ‘हाम्रो पार्टीलाई जिताइदिनुस्, हामी तिम्रो छोरालाई अर्को महिना नै देश बोलाएर उता पाउनेभन्दा डबल पैसा पाउने ठाउँमा जागिर दिन्छौँ।’

म फेरि प्रश्न गर्छु, यहीँ कुरा हजुरले मेरी आमासँग भनेको पाँच वर्ष भयो, के पाँच वर्षमा पनि एक महिना हुँदैन र ? मलाई त मेरी आमाले एक महिना भनेको जम्मा ३० दिन भनेकी थिइन, के मेरी आमा यति धेरै अबुझ छिन र, कि उनलाई कति समयको एक महिना हुन्छ भनेर पनि थाहा छैन र ? आखिर मेरो आमाले सिकाएको कुरा आजसम्म सबै गलत छ र ? मेरो प्रश्नको जवाफ सायद नेताज्यूसँग छैन क्यारे, आखिर आज पनि उहाँले सधैँको जस्तै मेरो आमाको मनमा छोरा फर्किने आश र मेरो हातमा नोट राखिदिएर यसपाली आफैँले जित्ने गरी भोट किनेर जानुभयो।

अब त मैले छोडिसकेँ मेरो दाइ फर्किने आश गर्न अनि कसैलाई पनि मेरा बा-आमाले भोट दिँदा हुन्न होला देशको विकास। किनभने, मैले देखेँ र राम्रोसँग नियालेँ मेरो देशको विकासलाई पाँच वर्षअगाडि मेरो गाउँमा विद्यालाय बन्ने र अब कोही पनि उच्चशिक्षा लिनको लागि बाहिर जान पर्दैन। तर, जुन ठाउँमा वर्षभरि पढ्नसम्म पुस्तक आउँदैन त्यो ठाउँमा त विकासको नाममा त सायद पार्टीको कार्यक्रमको लागि स्टेज मात्र उभिन्छ। यहाँ त अरुलाई ख्याल गर्ने नाममा चुनावको बेला घर दैलोमा जाँदै हामी धेरै गर्छौँ भनेर पछि केही नगर्ने मात्र हुन्छ। के यहीँ हो र विकास भनेको ? के यही हो र नेताको काम ? के आफ्नो घर ठ्ड्याउने मात्र हो र विकास ?

म सानो छु रे, जिन्दगी बुझेको छैन रे। तर, पाँच वर्षअगाडि गाउँमा अस्पताल बन्छ भनेर वाचा गरेका नेताहरु आज अस्पताल खोइ भनेर प्रश्न गर्दा आज पनि बन्छ छिट्टै भन्नुहुन्छ, त्यो त म बुझ्छु होला नि है ? मैले देखेको छु, गाउँमा आज पनि अलिकति बिरामी भएर अस्पतालकै कमिले गर्दा पल्ला घरे रिताको ज्यान गएको। मैले देखेको छु, आफ्नै छिमेकी भाउजू सुत्केरी भएको बेला अस्पतालकै कमिले गर्दा बच्चा र आमा दुबैको ज्यान गएको। के यो कुराहरु बुझ्न पनि जिन्दगी सबै बुझ्नपर्ने हो र ? के मैले यो विकास गर्न जसले सक्छ जस्तो लाग्छ उसलाई भोट दिन नसक्ने हो र ?

अब त अत्ति भयो, हाम्रो देश अत्ति नै पछाडि परिसक्यो अब आउनुहोस्, हामी मिलेर हाम्रो होइन राम्रो को हो ? चिनौँ र देशलाई अलिकति अगाडि लैजानुपर्छ। यसैले हाम्रोलाई होइन हामी सबै मिलेर राम्रोलाई भोट दिऔं।रबि माथी आक्रमण र ऊजुरी पछि चितवनमा ऊठेयो जनलाहर अब गठबन्धन लाई सखाप पार्छौ भन्दै जनताले यस्तो गरे रबिलाई जिताऊन हेर्नुहोस भिडीयो सहित्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय