शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

सपना रोका मगरको उजुरीपछि विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।

काठमाडौंमा बेवारिसे लाश व्यवस्थापनको काम गर्दै आएका बस्नेत पक्राउ परेका हुन् ।

गत वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो । काठमाडौंमा बेवारिसे लाश जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

तर भित्र भने सम्बन्ध अर्कै रहेको आरोप लागेको छ । यस विषयमा प्रतिकृया दिने क्रममा बस्नेतले आफुसँग सपनाका केही गोप्य तस्बिर भएको भनेपछि सपना सुरक्षा माग्दै प्रहरीकहाँ पुगेकी थिइन् ।

सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि उनीहरुको सम्बन्ध बिग्रिएको बताइएको छ । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय