बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पटक पटक आफूलाई जेल हाल्ने प्रयास हुँदै आएको बताइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफू र प्रचण्डलाई समात्ने योजना बनाएको आरोप लगाएका हुन् ।

आइतबार तेह्रथुममा उनले यसो भनिरहँदा ललिता निवास प्रकरणको मुद्दाबारे अदालतले नयाँ आदेश जारी गर्यो ।

जसअनुसार प्रमाणका कागजातहरु झिकाउन आदेश दिइएको छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार देखि अदालत सम्मले चासो लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राई प्रमुख आयुक्त भएलगत्तै ललिता निवासको फाइल फेरि खुल्न लागेको हो ।

बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश दिएको हो ।

उक्त जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाणहरु झिकाउन आदेश दिएपछि अख्तियार त्यसमा लागेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गालाई व्यक्तिको नाममा नामशारी गर्दाको प्रक्रियामा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

उनीहरुलाई मुद्दा नचलाइएको भन्दै अदालतमा मुद्दा दायर गरिएको थियो । प्रधानमन्त्री ओलीले सोमबार सरकारको तीन वर्षे कार्यप्रगतिबारे बोल्ने क्रममा ललिता निवास जग्गा प्रकरण र मातातीर्थ जग्गा प्रकरणबारे छानविन गरी कारबाही बढाइएको विषय पनि उल्लेख गरे ।

ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिएका छन् । ललिता निवास जग्गा प्रकरणमा पनि बाबुराम मुछिएका छन् । उनलाई पनि ओलीले तारो बनाएको चर्चा छ ।

लडाकुको रकम हिनामिनासम्बन्धी विषयमा छानविन अगाडि बढाउन ओलीले दबाब बढाएका छन् । तत्कालिन माओवादी अध्यक्ष प्रचण्डमाथि लडाकुको रकम हिनामिनाको आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गएका पूर्व माओवादी नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले शनिबार बुटवलको सभामा बोल्दै लडाकुका लागि आएको अरबौं रकम खोइ ? भनी प्रश्न उठाएका छन् ।

उनले १९ अर्ब खोइ भनी प्रश्न गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय