काठमाडौं:

नेकपा विभाजनपछिको प्रभाव संगीतमा पनि देखिएको छ । कलाकारले आ-आफ्नो पक्षमा गीत सिर्जना गरिरहेका छन् ।

यही मेसोमा नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिताले पनि इन्टरनेटमा गीत रिलिज गरेकी छिन् ।

‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमार्फत उनले हजुरबुबाको राजनीतिक लाइनलाई पछ्याएकी छिन् ।

स्मिताले नवीन खड्कासँग मिलेर स्वर भरेकी छिन् । तीलक ओलीको शब्द संगीत र नवीनको शब्द छन् ।

भिडियोलाई वीरेन्द्र ओलीले निर्देशन गरेका छन् । भिडियोमा दाहाल–नेपालको तस्विरसहित उनीहरुको पक्षमा भएको प्रदर्शनलाई समावेश गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद विघटनको कदमविरुद्ध लड्न कांग्रेस एक्लै काफी रहेको बताएका छन् ।

नेपाली कांग्रेस दाङले आयोजना गरेको विरोधसभामा महामन्त्री डा. कोइरालाले संसद विघटनको कदम असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा उत्रिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादको शिकार संसदलाई बनाइएको भन्दै कोइरालाले कम्युनिष्ट पार्टीका दुवै समूह जनताविरोधी रहेको आरोप लगाए । उनले आन्दोलनमा जान कांग्रेसलाई कसैको साथ नचाहिने बताए ।

‘प्रतिगमनविरुद्ध कांग्रेसले हिजोपनि लडेको हो आज पनि लड्नेछौं । ओलीविरुद्ध लड्न अर्को कम्युनिष्टको सहयोग चाहिँदैन, कांग्रेस एक्लै काफी छ’, कोइरालाले भने ।

उनले संयुक्त आन्दोलन अहिले आवश्यकता नभएकोले कांग्रेस आफ्ना एजेण्डा बोकेर एक्लै जनतामा जाने बताए ।

महामन्त्री कोइरालाले सर्वोच्च अदालतको फैसलाबाटै संसद ब्यूँतने विश्वास समेत व्यक्त गरे ।

सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टहरूमा देखिएको लोभी चरित्रका कारण संविधान संकटमा परेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय