शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन कुन बार हेर्नुहोस् …

सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन ।

गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।

उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

याे पनि पढ्नुहाेस्

लोकप्रिय कार्यक्रम इन्द्रेणी, इन्द्रेणी समाजका अध्यक्ष, संचालक तथा समाजसेवी आदरणीय व्यक्तित्व कृष्ण प्रसाद कँडेल ज्यूको आज जन्मदिन परेको छ। कृष्ण कँडेल वि.सं. २०२९ सालमा सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नंवर ८ लाटीकाँडामा जन्मिएका हुन् ।

उहाँको जिवनी यस्तो छ: कृष्ण कँडेल नेपालको लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता तथा सामाजिक कार्यमा संलग्न व्यक्ति हुन् । उनी कर्णालीका पूर्व सैनिक हुन् र हाल उनी नेपालको राजधानी काठमाडौंमा समेत कलाकारिता मार्फत चर्चित छन् ।

कृष्ण कँडेल कला र गलाको माध्यमबाट राहत सङ्कलन गरी हजारौं पिडित व्यक्तिको घाउमा मल्हम लगाइरहेका छन् ।सैनिक जिवन पूरा गरिसकेका कृष्ण कँडेल हाल देशविदेशमा चर्चाको शिखर चुमिरहेका छन् । सामाजिक अभियन्ता तथा लोककलाकर्मी ।

कृष्ण कँडेल इन्द्रेणी समाजका संस्थापक अध्यक्ष र इन्द्रेणी समाज काठमाडौंका संस्थापक व्यक्तित्वका रूपमा स्थापित भइसकेका छन्। बाल्यकाल देखि नै लोक संस्कृति प्रति रुची राख्ने कृष्ण कँडेलले ५ कक्षा देखि नै कविता र गीतबाटै विद्यालयका कार्यक्रमहरू सञ्चालन गर्दथे ।

सेनामा भर्ना भएकाले उनले उच्च शिक्षा हासिल गर्न पाएनन् । नेपाली सेनामा भर्ती भए लगत्तै रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका कृष्ण कँडेलले १६ वर्ष नेपाली सेनामा सेवा गरे । उनले सयौं दिन दुःखीहरूका लागि उपचार खर्च जुटाउने जस्ता कार्यक्रमहरू समेत सञ्चालन गर्दछन्।

२०७० साल तिर एबिसी टेलिभिजनमा जोडिएका कृष्ण कँडेलले इन्द्रेणी समाज गठन गरी इन्द्रेणी कार्यक्रम मार्फत नेपालकोे लोक कलासंस्कृति र सम्पदाको संरक्षण सम्वर्द्धन गर्ने मात्र नभई ओझेलमा परेका पर्यटकीय स्थलहरू र भाषाको संरक्षण ।

सम्वर्द्धनमा अमुल्य योगदान पुर्याउँदै आएका छन् । सिन्धुपाल्चोक जिल्लाको जुरेमाङखाका बाढी पिडित, २०७२ सालका भूकम्प पीडित, सुर्खेत र बर्दियाका बाढी पीडितका लागि इन्द्रेणी कार्यक्रम मार्फत राहत रकम जुटाउन कृष्ण कँडेलले योगदान गरे ।

यति मात्र होइन कृष्ण कँडेलले इन्द्रेणी कार्यक्रम मार्फत मृगौला बिग्रिएका, दृष्टिबिहिन, प्यारालाइसिस भएका र दुर्घटनामा परी उपचार हुन नसकेका, अपाङ्गता र गरीबीका कारण घरबास नभएकालाई घरबास व्यवस्थापन, क्यान्सर पीडित, अनाथ बालबालिकाको व्यवस्थापन,

गम्भीर प्रकृतिका रोगीको उपचार, साउदी अरबमा आजिवन काराबास सुनाइएका कैदीको उद्दारका लागि समेत आवश्यक रकम जुटाउन उल्लेखनीय पहल गरेका छन् । ती पिडित मध्ये अधिकांशको सफल उपचार भइसकेको र केहीको उपचार उपरोक्त मितिमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय