बिहिबार , चैत्र १५, २०८०

काठमाडौं – नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले केपी ओली पुन प्रधानमन्त्री भएमा कालापानी र लिम्पियाधुरामा नेपाली झण्डा फहरिने बताउनुभएको छ ।

गोरखामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न लागि परेको र सम्पूर्ण नेपाली जनता मिलेर देशलाई दुर्घटनाबाट बचाउनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेद्वार हुनु भएका ढकालले गठबन्धनसँग देश विकासको कुनै एजेण्डा नभएको उल्लेख गर्नुभएको छ ।

अहिलेको विकासको क्रमभंगताका लागि केपी ओलीलाई प्रधानमन्त्री बनाउनुको विकल्प नभएको उहाँले बताउनुभएको छ । ढकालले केपी ओली नेपाली राजनीतिको श्रीखण्ड भएको उल्लेख गर्नुभयो ।

चितवनमा चुनाव हार्ने डरले भागेर गोरखा पुगेका माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ढकालले विकासका बाधक र पुराना अनुहारलाई अब तिरस्कार गरेर गोरखाको विकासका लागि नयाँ अनुहारलाई मौका दिनुपर्ने बताउनुभयो ।

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनावी प्रचार सुरु गर्नु भएको ढकालले मधेस प्रदेश,बागमती प्रदेश हुँदै आजबाट गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यकर्ता भेला र एमालेका पक्षमा मतदान गर्न आह्वान गर्नु भएको छ । यो अभियान लिएर आफू देशैभरी जाने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय