मंगलबार , चैत्र ६, २०८०

रैथाने देउताबाट ‘एशियाको भगवान्’ सम्म गणेशको यात्रा निकै रोचक छ । ‘भगवान्’ गणेश मान्छेभन्दा त धेरै कान्छो हुन्, ‘भगवान्’ हरूमध्ये पनि कान्छो हुन् तर लोकप्रिय छन् ।

पशुपक्षी, वनस्पति, पृथ्वी, हावा, पानी, ब्रह्माण्ड आदिलाई मानव स्वरुपमा प्रस्तुत गर्ने प्राचीन अवधारणाको पछिल्लो प्रमाण हुन्– टाउको हात्तीको, शरीर मान्छेको भएका गणेश ।विख्यात इष्ट एण्ड वेष्ट जर्नलमा छापिएको वाइ. कृष्णन्को ‘इभोलुसन अफ गणेश’ आलेखका अनुसार, ऋग्वेद, कृष्णयजुर्वेद, तैतरीय आरण्यक जस्ता संस्कृत ग्रन्थमा गणेशको लोकप्रिय नाम ‘गणपति’ अर्थ दिने ‘ब्रह्मणस्पति’ शब्द थुप्रै पटक प्रयोग भएको छ ।

तर, यो शब्द माटोको घैलाजस्तो पुटुक्क पेट भएको गणेशका लागि भने प्रयोग नभएको अर्का प्राध्यापक कालीकुमार दत्तको अध्ययनमा उल्लेख छ । अथर्ववेदमा मानवलाई राम्रो र नराम्रो दुवै गर्ने देउ–देउताहरू मित्र, प्रजापति, इन्द्र, बृहस्पति, वरुण, राहु, धूमकेतु, रुद्र, वासु, आदित्य आदिको नाम लिइएको छ तर गणेशको नाम कतै उल्लेख छैन ।

‘कत्थक संहिता’ मा ब्रह्मणस्पति शब्द अग्नि र विष्णुका लागि प्रयोग भएको छ । ‘तैतरीय संहिता’ मा गणपति र ब्रह्मणस्पति शब्द अग्नि, मरुत, वरुण, इन्द्र, सोम, रुद्र आदिका लागि प्रयोग भएको छ । ‘ऐतरेय ब्राह्मण’ मा बृहस्पतिका लागि प्रयोग भएको छ ।शतपथ ब्राह्मण’ मा चाहिं गणपतिलाई ‘भगवान्लाई स्वर्ग पुर्‍याउन सक्ने’

घोडासँग देखाइएको कृष्णन्को मत छ । इसापूर्व ३०० वर्षभन्दा अगाडिको ‘याज्ञवल्क्य स्मृति’ मा गणेशलाई विनायक नामबाट सम्बोधन गरिएको छ, जसलाई महागणपति पनि भनिएको छ । तर, ती पनि पार्वतीको मयलबाट जन्मिएका गणेश नभई अम्बिकाका छोरा भएको प्राप्त प्रमाणहरूको निष्कर्ष छ ।

संस्कृत ग्रन्थमा इसाको प्रथम शताब्दीदेखि मात्र हात्तीको टाउको भएको गणेशको फाट्टफुट्ट चर्चा शुरू भएको हो । प्रथम शताब्दीको मानिने ‘गाथा–सत्तसइ’ मा गणपति र सूँडको पूजाबारे उल्लेख छ ।

चौथो शताब्दीको ‘वाणी पुराण’, चौथो–पाँचौं शताब्दीको ‘नरसिंह पुराण’ मा पनि गणेश पूजासँग सम्बन्धित हेरम्बको चर्चा गरिएको छ । पाँचौं शताब्दीको ‘विष्णुधर्मोत्तर’ मा हात्तीको अनुहार भएको भगवान्बारे उल्लेख छ ।

छैटौं शताब्दीको ‘भागवत पुराण’ मा भने हात्तीको अनुहार भएको गजाननको चर्चा गरिएको छ । सातौं शताब्दीका भवभूतिले पनि हात्तीको टाउको भएको गणपतिको कुरा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय