मंगलबार , बैसाख ११, २०८१

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने पार्टी एमाले मात्रै रहेकाे बताउनुभएकाे छ ।

 

नेकपा एमाले झापा क्षेत्र नम्बर-४ ले बिहीबार आयाेजना गरेकाे चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘एमालेले जहाँ टेक्याे, जहाँ हात हाल्याे, जहाँ टेक्यो त्यहाँ विकास भएको छ ।’

 

एमालेले सरकारकाे नेतृत्व गर्दा विकास निर्माणका लागि सधैं पैसा हुने गरेकाे तर गठबन्धन सरकारमा आएपछि आर्थिक संकट निम्तिएकाे उहाँले बताउनुभयाे । एमालेले आफ्नाे चुनावी घाेषणापत्रमा देश बनाउने भिजनसहित २० वटा ग्यारेन्टी गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

 

धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको, नेपाललाई सुरुङ युगमा प्रवेश गराएकाे, जनकपुरमा एमालेकै कारण नेपालको आफ्नै रेल चल्न थालेको पनि उहाँले बताउनुभयाे ।

 

सत्ता गठबन्धनसँग देश बनाउने कुनै एजेण्डा र कार्यक्रम नभएकाे भन्दै अध्यक्ष ओलीले गठबन्धन कायम राख्ने भनेका दलहरूले आ-आफ्नै घोषणापत्र जारी गरेका बताउनुभयाे । ती दलका घाेषणापत्र कार्यान्वयन हुनै नसक्ने समेत उहाँले बताउनुभयाे ।

 

देशमा परिवर्तन ल्याउन बनेको पार्टी एमाले भएकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘हाम्रो पार्टी शान्ति, सुव्यवस्था र लोकतन्त्रका लागि बनेको हाे पार्टी हाे, ती व्यवस्थाका लागि लडेकाे र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो, अब यी उपलब्धीहरुको रक्षा यसै पार्टीले गर्छ ।’

 

देशमा अब एमाले नेतृत्वकाे सुद‍ृढ राष्ट्रिय शक्तिकाे खाँचाे रहेकाे भन्दै उहाँले नेपालमा अब फुटेका हाडीका खपटा जोडे जसरी जोडेर सरकार नबन्ने बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय