शनिबार , बैसाख ८, २०८१

काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसकेपछि जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल

प्रचण्डसँग फ्यूजन हुनुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै निर्वाचन क्षेत्र र वडाका नेता कार्यकर्ताले छाडेका छन।

लामो समय एमालेको नेतृत्व गर्नुभएका नेता नेपाल प्रचण्डको निरिह कार्यकर्ता बनेपछि वडाकै नेता कार्यकर्ताले साथ छाडेर प्रधानमन्त्री ओलीको पक्षमा दृढतापुर्वक उभिएका हुन ।

उहाँलाई जिताउन रात दिन नभनी काम गर्ने सो वडाका वडाध्यक्ष नवराज पराजुलीलगायत सवै वडा सदस्यहरुले नेता नेपाललाई छोडेर ओलीतिर लाग्नुभएको छ ।

हाल काठमाडौंको २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने ३२ वडामा १८ हजारभन्दा बढी मतदाता छन।

नेपालले २०७० को दोस्रो संविधानसभा र २०७४ मा भएको संसदीय निर्वाचनमा उक्त वडाबाट भारी मतले जित्नुभएको थियो ।

२०७४ को निर्वाचनमा उक्त वडामा मात्रै नेपालले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेललाई झन्डै आठ हजार मतले पराजित गर्नुभएको थियो ।

३२ नम्बर वडामा अहिलेसम्म सम्पन्‍न तीनवटा स्थानीय निर्वाचनमा नेकपा,

वडाका अध्यक्षलगायत चार जना सदस्य सबैले अहिले नेपाललाई छाडेर ओली नेतृत्वको नेकपालाई समर्थन गर्नुभएको छ ।

नेपालले कहिल्यै पनि जनताका काम नगरेको र स्थानीय नेता ।

कार्यकर्तालाई सहयोग नगरेको कारण उहाँका साथ छाडेको जनप्रतिनिधिको भनाई छ ।

माधव कमरेडलाई जहिल्यै पनि साथ र सहयोग गरियो, तर उहाँले कहिल्यै हामीले प्रस्ताव गरेको विकास निर्माणलगायत अन्य काममा सघाउनु भएन,

जहिल्यै हप्काउने काम गर्नुभयो, कसैको कुरा सुन्नुभएन, अहिले त प्रचण्डको जे आदेश आउँछ, त्यही मात्र सही भन्न थाल्नुभयो,’ नेता नेपाललाई छाडनुको कारण उल्लेख गर्दैएक वडासदस्यले जनताटाइम्ससँग भने,

‘‘उहाँलाई हामी स्थानीय राजनीतिकर्मीको निर्वाचनताका मात्रै सम्झना आउँछ। त्यसैले हामी उहाँको साथमा उभिन सकेनौं । नेपालले आफूलाई कहिल्यै पनि राजनेता बनाउनेबारे नसोचेको र झिनामसिना कुरामा मात्रै अल्झिएको पनि ती वडासदस्यको भनाई छ ।

‘विशेषगरी त्रिभुवन विमानस्थल र तीनकुनेको मुआब्जामा स्थानीयलाई परेको मर्काबारे नेता नेपालले कहिल्यै सकारात्मक काम गर्नुभएन जनताको पीडामा कहिल्यै मलम लगाउने ध्यान गएन,’ ती वडासदस्यको भनाई छ ।

यो वडाका कसैले पनि माधव कमरेडले ठीक गर्नुभयो भनेर भन्दैनन, उहाँले प्रचण्डको डिजाइनमा फसेर सवैलाई धोका दिनुभयो, धोका दिनेलाई साथ दिन सकिन्न, उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय