बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

हिजो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा विरोधसभाको आयोजना गरेको थियो ।

उक्त सभामा सम्बोधन गर्दै गर्दा नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्नुहोस भनेका थिए ।

कारण थियो सभामा श्रेष्ठले बोल्दै गर्दा पत्रकार ऋषि धमलाले सभामा उपस्थित् नेता तथा कार्यकर्ताहरुसँग अन्तर्वार्ता गरिरहेका थिए । उनले सुरुमा नेता मात्रिका प्रसाद यादवसँग कुरा गरे ।

त्यसपछि बाराका एक नेतासँग कुरा गरे । पत्रकार धमलाका अनुसार आफू अन्तर्वार्ताको लागि गएको र नेता तथा कार्यकर्ताले आफूसँग सेल्फी खिचेका थिए । यो पनि:

नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेृत रामकुमारी झाँक्री पक्राउ परेकी छन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले उनकै निवास शंखमुलबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली सुरूमा रित्तै फर्किएकाे थियाे । उनकाे निवास परिसरमा समर्थकहरूकाे नाराबाजी चलेपछि प्रहरीले पक्राउ गर्न सकेकाे थिएन । झाँक्रीले पनि पक्राउ पुर्जी लिएर आउन चुनाैती दिएकी थिइन् । प्रहरी पक्राउ पुर्जी लिएर आएपछि उनले आफैले गिरफ्तारी दिएकी हुन् ।

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो । झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय