मंगलबार , बैसाख ११, २०८१

कञ्चनपुर:

नेपाली कांग्रेस कञ्चनपुरका संस्थापक नेता गंगादत्त जोशीको हृदयघातबाट निधन भएको छ ।

उनको बुधबार बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित आफ्नै निवासमै ८५ वर्षको उमेरमा हृदयघातबाट निधन भएको हो ।

नेता जोशी राष्ट्रिय सभाका पुर्व सदस्य समेत हुन् ।

आँखाको उपचारका लागि कैलाली गेटा आँखा अस्पताल जानका लागि नातिनीको स्कुटीमा बस्ने क्रममा घरकै आँगनमा अचानक हृदयघात भएर पूर्वसांसद जोशी ढलेको बताइएको छ ।

घरको आँगनमा ढलेपछि उपचारका लागि ल्याइएका जोशीलाई महाकाली अञ्चल अस्पतालले निधन भएको घोषणा गरेको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए ।

सभापति बोहराका अनुसार जोशीको यसअघि पनि हृदयघात भएको थियो । २०५५ मा राष्ट्रिय सभा सदस्य रहिसकेका जोशी २०५९ मा कांग्रेस कञ्चनपुरको सभापति भएका थिए ।

जोशीको शव श्रद्धाञ्जलीका लागि दिउँसो २ बजे पार्टी कार्यालयमा राखेर आजै दाहसंस्कार गरिने पार्टी सभापति बोहराले जानकारी दिए ।

नेपाली कांग्रेस कञ्चनपुरका पुर्व सभापति एवं पुर्व सांसद गंगादत्त जोशीको हृदयघातबाट निधन भएको खबरले दु:खी र स्तव्ध बनाएको छ।

शोकाकुल यस समयमा समस्त जोशी परिवारमा हार्दिक समवेदना र स्व. गंगादत्त जोशीलाई श्रद्धान्जली।

डा शेखर कोइराला नेता, नेपाली कांग्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय