बिहिबार , बैसाख १३, २०८१

कांग्रेस प्रवक्ता प्रकाशशरण महत देशको भावी प्रधानमन्त्रीबारे बोलेका छन् । उनले कात्तिक १६ गते बुटवल पुगेर आफ्नो पार्टी सभापतिलाई आगामी प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने बताएका हुुन्।

 

‘कांग्रेसको नेतृत्वमा सरकार बन्छ। शेरबहादुरजी प्रधानमन्त्री बन्ने कुरामा कुनै दुईमत छैन। यसलाई भट्याइरहनु आवश्यक छैन,’ नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका महतले भने, ‘कांग्रेसभित्र पनि उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन।’

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले घोषणापत्रमै लेखेर प्रधानमन्त्री पदमा दाबेदारी प्रस्तुत गरे लगत्तै आएको महतको यो धारणा अर्थपूर्ण छ। महाधिवेशनमा पराजित भएर पनि सभापतिको निगाहमा प्रवक्ताको जिम्मेवारी पाएका महतले कांग्रेसको ‘औपचारिक’ धारणा सार्वजनिक गरेको कतिपयको विश्लेषण छ।

 

कात्तिक १४ गते दाहालले सार्वजनिक गरेको घोषणापत्रमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने उल्लेख छ। ‘अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको नेकपा (माओवादी केन्द्र)बाट मात्र यति वेला पनि राष्ट्रको नेतृत्व

 

, निकास र विकास सम्भव छ’ घोषणापत्र (पृष्ठ १) मा भनिएको छ। यो वाक्यांश दाहालको प्रधानमन्त्री बन्ने अति महत्त्वाकांक्षाबाट आएको बुझ्न गाह्रो छैन।

 

महतको भनाइ दाहालको महत्त्वाकांक्षा कांग्रेसले सजिलै पूरा गर्न दिंदैन भन्ने सन्देश पनि हो। सरकारको नेतृत्व सबैभन्दा ठूलो दलले गर्नु संसदीय व्यवस्थाको आधारभूत मान्यता हो। ठूलो दल नभए दोस्रो ठूलो दलले सरकारको नेतृत्व गर्छ। चुनाव जित्न नसकेको पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनु जनमतको अपमान हो।

 

विश्लेषक पुरञ्जन आचार्य मंसीर ४ गतेको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनेर आएपछि देउवाले चाहे पनि पुष्पकमल दाहाललाई सजिलै प्रधानमन्त्री बनाउन नसक्ने बताउँछन्। “कांग्रेस ठूलो पार्टी बनेर

।। आएपछि कम्युनिष्ट पार्टीलाई प्रधानमन्त्री किन दिने भन्ने दबाब कांग्रेसमा बढ्ने देखिन्छ,” आचार्य भन्छन्, “जनमतको सम्मान गर्न पनि सानो पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनु उचित हुँदैन।”

 

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस सभापति देउवा चुनावमा पराजित भएमा चाहिं दाहालको प्रधानमन्त्री बन्ने बाटो खुल्न सक्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय