आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको पाप पशुपतिमा बत्ती बालेर नपखालिने बताएका छन्।

बुधबार नेकपाले आयोजना गरेको विरोधसभामा नेपालले प्रधानमन्त्री ओलीले मदन भण्डारीलाई बिर्सिएर पशुपतिनाथको मन्त्र जप्न थालेको बताए।

अहिले केपी ओली पशुपतिनाथ गएर मन्त्र जप्न थालेको तर पशुपतिनाथले माफी नदिने उनको भनाइ छ। ‘ओलीजी, तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुभएको थियो, अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ,

अब पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ,’ उनले भने, ‘जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ, उसलाई मात्रै माया गर्छन्। पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन्।’

उनका अनुसार प्रधानमन्त्री ओलीले संविधानको रक्षा नगरेको, पार्टीको बहुमतलाई अस्वीकार गर्दा समस्या परेको हो। नेपालले भने, ‘केपी ओलीजस्तो संविधान मिचेर मिचाहा प्रवृति देखाउने,

संविधानका हत्या गर्ने हत्यारालाई जनताले सडकमा ल्याउनेछ।’ उनले संविधान र लोकतन्त्रमाथि गरेको पाप त्यति सजिलै कसैले पनि धोइपखाली गर्न नसक्ने बताए।

उनले आफ्नो पक्षमा जनता नदेखिएपछि ओली समूहले धम्की र अधिनायकको बाटो रोजेको बताए। ‘ओली समूह अहिले तर्कमा होइन, धम्कीमा। ऊ छलफलमा होइन, आदेश दिने कुरामा। ऊ बहुमतमा होइन,

आफ्नो अधिनायकवादी प्रवृत्तिमा, उसलाई विश्वास हुन थालेको छ,’ नेपालले भने, ‘यदि जनमतमा विश्वास हुँदो हो भने त्यो व्यक्तिले पार्टीको निर्णयलाई मान्न तयार हुनुपर्थ्यो।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयलगाडा बाहेक अरु चुनाव चिन्ह नरहेको बताए। ‘केपी ओली सच्चिनेवाला छैनन्, हामी आशा गरिरहेका छौँ। सर्वोच्चबाट संसद पुनःस्थापना हुने आशा गरेका छौँ।

निर्वाचन आयोगले पनि सही निर्णय गर्छ भन्ने आशा गरेका छौँ,’ नेपालले भने, ‘सूर्य चिन्ह हामीसँग छ। केपी ओलीसँग बयलगाडाको चिन्ह बाहेक केही छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय