बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

प्रचण्ड–माधव समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै पत्रकारमाथि दुब्र्यवहार गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजित सभामा बोल्दै गर्दा श्रेष्ठले मञ्चको माइकबाटै पत्रकारलाई समाचार संकलनको काम रोक्न आदेश दिँदै दुब्र्यवहार गर्नुभएको हो ।

अनुहार नकै कालो पारेर ठूलो स्वरमा श्रेष्ठले पत्रकारमाथि हप्की दप्की गर्नुभएको थियो भने पत्रकार ऋषि धमलाको नामै लिएर समाचार संकलनको काम रोक्न आदेश दिनुभएको थियो ।

विरोधसभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले ऋषि धमलालगायत पत्रकारलाई थर्काउनु भएको हो ।

सम्बोधन गर्दैगर्दा धमलाले दर्शक दीर्घामा कुराकानी गर्न थालेपछि श्रेष्ठले थर्काउनु भएको हो ।

पत्रकारलाई थर्काउँदै श्रेष्ठले भन्नुभयो, ‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्, यताउता नगर्नुस, हाम्रो सभा चलिरहेको छ, अरुतिर कुरा नगर्नाेस ।’

निकै आक्रामक ढंगमा प्रस्तुत हुनुभएका श्रेष्ठले पत्रकार ऋषि धमालाको नामै किटेर भन्नुभयो, ‘अन्तरवार्ता गर्ने भए सभा सकिएपछि गर्नुस, अहिले यताउता नगर्नुस ।’

प्रचण्ड–माधव समुहले सभामा ल्याएका ब्यक्तिले सोही समुहको पोल खोल्न थालेपछि कसैसँग कुराकानी नगर्नु भन्दै श्रेष्ठले सार्वजनिक दुब्र्यवहार गर्दै पत्रकारलाई थर्काउनु भएको हो ।

यसरी मञ्चबाटै पत्रकारमाथि दुब्र्यवहार भएको संभवन नेपालमा यो नै पहिलो घटना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय