बुधबार , बैसाख १२, २०८१

काठमाडौं: प्रचण्ड-नेपाल समुहकाे (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदको लोभ र भागबण्डाको कारण संघर्ष सुरु नभएको बताउनु भएको छ ।

सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक कार्यदिशा र

बिचारमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेको कारण संघर्ष सुरु भएको स्पष्ट पार्नुभयो ।

आफूलाई प्रधानमन्त्री र कुर्सी पदको लागि झगडा गरेको केपी ओली गुटका प्रतिकृयावादी तत्वहरले आरोप लगाउने गरेको बताउदै अध्यक्ष प्रचण्डले त्यो सत्य नभएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो लडाइ बिचार र राजनीति मै हो, केपीसँग प्रधानमन्त्री र कुर्सीकाे लागि लडाइँ हो की ? भन्ने गर्छन्, यो प्रचार केपी गुटका प्रतिकृयावादी र अवसरदावीहरुले गर्ने गरेकै हो।’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा राजनितिक कार्यदिशा र

विचार स्पष्ट लेखिएपनि केपी ओलीले ठिक त्यही कार्यदिशा र विचारमाथि पार्टी एकता देखि नै प्रहार गर्दै आएपछि संघर्ष सुरु भएको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।

आफूले पार्टी एकता बचाउन राजनीतिक प्रतिवेदन र नेकपा विधानमा गरिएको व्यवस्थालाई बचाउन पद छोड्दै हिडेको प्रचण्डको भनाइ छ ।

आधा आधा कार्यकाल प्रधानमन्त्रीको सहमति भएपनि पार्टी एकता बचाउन पाँचै बर्ष प्रधानमन्त्री हुन केपी ओलीलाई दिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेले पार्टी एकता बचाउन र विधानमा भएको व्यवस्था बचाउन पद छोड्दै हिडेको हो,

प्रधानमन्त्री नै तपाईँ पाँचै बर्ष चलाउनुस् बरबबरी भएपनि मलाइ पार्टी चलाउन दिए पुग्छ, दुख: गर्छु देशैभर भनेर भन्दा पनि सुख नपाएको मान्छे हुँ नि म।’

अध्यक्ष प्रचण्डले नेकपाको आन्दोलनलाई विचार र संगठनलाई बदनाम गराउनेहरुले मात्रै पद र कुर्सीको कारण पार्टी यो स्थितीमा आएको भनेर भन्ने गरेको बुझ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय