शनिबार , बैसाख ८, २०८१

काठमाडौं:

प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका थिए ।

निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको ओली निकट स्रोतहरुले बताएका छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यही जानकारी दिन शीतल निवास पुगेको उनीनिकट स्रोतले जनाएको छ ।

यो पनि: सरकारले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४६ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सो कुराको जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

वन तथा वातावरुण मन्त्रालयको प्रस्तावमा लुम्बिनी केवलकार प्रालिलाई रुपन्देही र पाल्पा जिल्ला अन्र्तगतको ६ दशमलव २७ हेक्टर राष्ट्रिय वन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय