मंगलबार , बैसाख ४, २०८१

काठमाडौंँ:

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लागिपरेको बताएका छन्।

प्रधानमन्त्री ओलीले केही समयअघि राम नेपालमा जन्मेको बताएका थिए।

प्रधानमन्त्री ओलीले अयोध्या चितवनको माडीमा भएको भन्दै त्यहाँ राम र सीताको मुर्तिसमेत राख्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले धार्मिक आस्थामा खेल्न खोजेकोसमेत थापाले बताए।

वीरगञ्जमा आइतबार आयोजित कांग्रेसको आमसभामा बोलेका थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लाग्नु भएको छ।

भगवान् रामलाई नागरिकता आवश्यकता छैन। नेपालभित्र रहेका नागरिकहरूलाई नागरिकता चाहिएको छ, उनीहरूलाई नागरिकताबाट बञ्चित गर्न हुन्न।’

प्रधानमन्त्री ओलीले केही समयअघि राम नेपालमा जन्मेको बताएका थिए। प्रधानमन्त्री ओलीले अयोध्या चितवनको माडीमा भएको भन्दै त्यहाँ राम र सीताको मुर्तिसमेत राख्ने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले धार्मिक आस्थामा खेल्न खोजेकोसमेत थापाले बताए। वीरगञ्जमा आइतबार आयोजित कांग्रेसको आमसभामा बोलेका थापाले भने,

‘प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लाग्नु भएको छ। भगवान् रामलाई नागरिकता आवश्यकता छैन। नेपालभित्र रहेका नागरिकहरूलाई नागरिकता चाहिएको छ,

उनीहरूलाई नागरिकताबाट बञ्चित गर्न हुन्न।’ प्रधानमन्त्री ओलीले भगवान् र पशुपतिनाथ प्रतिको आस्थामा खेल्न खोजेको पनि उनले बताए।

केही समयअगाडि प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए। थापाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको पनि बताए।

‘यो संसद विघटन होइन। यो संविधानको विघटन हो,’ उनले भने, ‘संविधान विघटनको पक्षमा कांग्रेस उभिन सक्दैन। पुस ५ को कदम असंवैधानिक छ।

अहिले सच्याउन सकिएन भने संकट गहिरिँदै जान्छ। अर्को पुस्ता खेर जान्छ।’ उनले प्रधानमन्त्री ओलीका हरेक कदमलाई सही ढंगले विश्लेषण गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय