बिहिबार , चैत्र १५, २०८०

काठमाडौ:

विश्वका मानिसहरुसँग प्रथा परम्परापनि निक्कै अनौठा छन् । हामी विश्व समुदायका अनौठा चलनको समाचार लेखिरहेका छौ ।

तर नेपालमैपनि यस्तो चलन छ जो देखेर विश्वका मानिसले अनौठो मानिरहेका हुन्छन् ।

नेपालको उपल्लो मुस्ताङ्गमा यस्तो चलन छ की आफन्त दिवंगत भएमा उनीहरुको शवलाई टुक्रा टुक्रा बनाईन्छ र गिद्धलाई ख्वाईन्छ । यसो गर्दा परिवारका मानिसमा खुशी आउँछ ।

यो परम्परा अहिलेपनि विद्यमान छ । उपल्लो मुस्ताङका ६ गाविस मिलेर अहिले दुई गाँउपालिका बनेका छन् ।

छेन्हुप, छोसेर, लोमान्थाङ गाविस मिलेर लोमान्थाङ गाउँपालिका बनेको छ । चराङ, धामी र खुर्साङ गाविस मिलेर दालमे गाँउपालिका बनेको छ ।

यी गाँउपालिकामा बिष्ट (थकाली), गुरुङ्ग र विश्वकर्मा समुदायको बसोबास छ । यी सबै समुदायमा अझैपनि यो परम्परा विद्यमान रहेको लोमान्थाङ्ग गाउँपालिका प्रमुख इन्द्रधारा बिष्ट बताउछन् ।

उनीहरुको जन्म कुण्डलीका आधारमा लामाले कसरी अन्तिम संस्कार गर्ने बताईदिन्छन् । सोही अनुसार यो परम्परा रहिआएको छ । परम्परा अनुसार मृतक आफन्तको शवलाई टुक्राटुक्रा बनाईन्छ र गिद्धलाई ख्वाईन्छ । गिद्धले खाईनसकेसम्म अन्तिम संस्कार सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय