बुधबार , बैसाख १२, २०८१

कात्तिक ५

 

नेकपा एमालेका तर्फबाट काठमाडौं ६ का प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले मेरो हार–जित ठूलो कुरा नभएको बताएका छन्।

 

काठमाडौं ६ प्रदेश (ख) ले आयोजना गरेको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन्। खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको आरोप लगाए।

 

खनालका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले यस क्षेत्रमा सर्वेन्द्र खनाललाई उठाएर एमालेले अराजनीतिक निर्णय गरेकाे टिप्पणी गरेका थिए।

 

भक्तपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले नेपाललाई श्रीलंका बनाउने कि सिंगापुर बनाउने भन्ने कुरा यसपटकको निर्वाचनले प्रष्ट पारेका छन्।

 

भक्तपुर निर्वाचन क्षेत्र नं २ का संघीय संसदका उम्मेदवार बस्नेतले एमालेले जिते देश सिंगापुरको बाटोमा जाने र गठबन्धनले जिते देश श्रीलंकाको बाटोमा जाने बताए ।

 

‘नेपाललाई हामी श्रीलंका बनाउने कि सिंगापुर’ बस्नेतले कार्यकर्ता माझ भने, ‘त्यस कारण हामीले सुझबुझ प्रयोग गरौं । एमालेलाई मत दिएर देशलाई सिंगापुरको बाटोमा हिडाऔं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय