शुक्रबार , बैसाख ७, २०८१

एजेन्सी:

एक जना व्यक्तिले छिमेकी महिलासँग शारीरिक सम्पर्क राख्न आफ्नो घरबाट छिमेकी महिलाको घरसम्म सुरूङ बनाएको खुलेको छ ।

डेलीमेलका अनुसार ती व्यक्तिले छिमेकी विवाहित महिलासँग सम्पर्क राख्न त्यो हर्कत गरेको खुलेको हो ।

छिमेकी महिलासँग प्रेम भएपछि उनी सुरूङ बनाउने निर्णयसम्म पुगेपछि उक्त सुरूङ निर्माण पनि गरे ।

ती व्यक्ति र छिमेकी महिलाको रोचक प्रेम कहानी थियो । जर्ज नाम गरेका व्यक्तिकी श्रीमतीसँग उनको प्रेम भयो । त्यसपछि उनीहरू दिनदिनै भेट्नका लागि तयार भए ।

जर्ज अफिसका लागि घरबाट निस्किएपछि अल्बर्टो सुरूङबाट जर्जकी पत्नीसम्म पुग्थे ।

एक दिन जर्ज अफिसबाट चाँडै घर फर्किए । घरमा भएका अल्बर्टोलाई उनले फेला पार्न सकेनन् । तर, घरमा भएको सुरूङ प्रयोग गरी उनी अल्बर्टोको घरसम्म पुगे ।

सुरूमा अल्बर्टोले यो कहानी कसैलाई पनि नभन्न जर्जलाई आग्रह गरेका थिए । तर, जर्जले यो घटना सार्वजनिक गरिदिएपछि मेक्सिकोभरी यो घटना फैलियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय