आइतबार , मंग्सिर १८, २०७९

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

शुक्रबार काठमाडौँमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा

 

 

अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका हुन् ।

 

 

उनले चुनावपछि बन्ने एमाले सरकारले रेल भन्दा छिटो विकासले गति लिने बताए । उनले वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको समेत धारणा राखे ।

 

ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गरे ।

 

उनले अरूजस्तो फ्री भिसा फ्री टिकट भनेर एमाले कहिल्यै नहिँडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने वाचा गरेको बताए ।

 

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय