बिहिबार , चैत्र ९, २०७९

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङबाट एमालेका उम्मेदवार योगेश भट्टराईले मतदातालाई ‘थप्पड हान्छु’ भन्दै थर्काएको भिडियो भाइरल भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

भट्टराई यतिखेर निर्वाचन अभियानका क्रममा ताप्लेजुङमा छन् । भाइरल भएको भिडियो अनुसार भट्टराईले एक चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा हल्ला गरेको भन्दै भट्टराईले मतदातालाई थर्काएका हुन् ।

 

सभालाई सम्बोधन गर्दागर्दै योगेशले ‘यो दाइलाई उता लानुस् त, यो दाइको मुखमा टेप लाइदिनुस्, सेन्तेरेम खाएर कराउने होइन है, उता जानुस्, धेर सेन्तेरेम खायो भने अहिले थप्पड खान्छ’ भन्दै मतदाता थर्काएका हुन् ।

 

 

 

भाइरल भएको भिडियो क्लियर भने छैन । तर, पनि योगेश र योगेशको स्वर प्रस्टै चिनिन्छ । योगेश भाषण गर्न उभिएको ठाउँको पछाडि तीन जना उम्मेदवारको तस्बिर देखिन्छ । तर, को–को हुन् भनेर प्रस्ट भने देखिएको छैन ।

 

योगेशले मतदातालाई थर्काको भिडियो भाइलर भएपछि जनता योगेशविरुद्ध खनिएका छन् । मतदाता थर्काएको भन्दै सामाजिक सञ्जालमा योगेशको विरोध भइरहेको छ ।

 

यस पटक एमालेले ताप्लेजुङमा चुनावी सभा गर्न बाँकी नै रहेकाले अघिल्लो निर्वाचनको भिडियो हुनसक्ने अनुमान गरिएको छ । यस विषयमा योगेशले भने केही प्रतिकृया दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय