बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले पदको लागि आन्दोलन वा संघर्ष नगरेको स्पष्ट पारेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लडेर ल्याएका परिवर्तन र संविधानमाथि प्रहार गरेकोले त्यो जोगाउनको लागि आन्दोलन गरेको स्पष्ट पारेका छन् ।

आज मिडिया एलायन्सका पदाधिकारीसँगको अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले–‘हामी प्रधानमन्त्रीको लागि लडिएको होईन् ।

तपाईहरुलाई त्यस्तो लागेको छ भने ठूलो गल्ती हुनेछ । संविधान बचाउने, परिवर्तन जोगाउने चिन्ता हो । हामी, नेपाली कांग्रेस, जनता समाजवादी र नागरिक समाज ओलीको प्रतिगमनको विरोधमा छौं ।’

सरकारलाई काम गर्न दिईएन भनेर प्रधानमन्त्री ओलीले लगाएको आरोपमा कुनै सत्या नरहेको पनि उनले जिकिर गरे । उनले भने,‘कसैले देखाउन सक्छ ? नीति तथा कार्यक्रम फेल गर्न खोज्यौं ?

कुन कुरामा बाधा पुरयायौं ? उहाँले जे मन लाग्यो, त्यही गर्दै जाने अनि हामीले हेर्दै जाने त हुन सक्दैन् । गणतन्त्रप्रति उहाँको मन थिएन । संघीयत पनि उहाँलाई मन परेको थिएन ।

न सचिवालय, न स्थायी कमिटी, न केन्द्रीय कमिटी, न संसद कतै उहाँको बहुमत छैन् । लोकतन्त्र भनेको बहुमत हो । अल्पमत प्रतिपक्ष हो । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।

यो एलायन्सका सबै अधिकारीहरुसँग मेरो विनम्र अनुरोध छ–अहिलेको संघर्ष भनेको सत्य र असत्यको संघर्ष हो । कित्ता क्लियर गर्नैपर्यो । मिडिया विद्येयक हामीले विरोध गर्यौं ।

तपाईँहरुले पनि विरोध गर्नुभयो । गुठी विद्येयक ल्याउँदापनि सल्लाह भएन । नेवार समूदायका सबै संस्थाहरु पार्टी र सरकारविरुद्ध उत्रिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय