बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले लगातार संसद् पुनःस्थापनाको पक्षमा बोल्दै आउँनु भएको छ । उहाँले सिन्धुली पुगेर फैसला नगरे सर्वोच्च

अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउने चेतावनी दिनु भएको छ । नेकपा घ्याङलेख गाउँपालिका कमिटीले रामपुर बजारमा मंगलबार प्रधानमन्त्रीको असंवैधानिक

कदमविरूद्व आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य झाँक्रीले यस्तो चेतावनी दिनु भएको हो । जनता एकताबद्ध भएर ज्ञानेन्द्रलाई राजाबाट हटाएको स्मरण गर्दै

उहाँले प्रधानमन्त्री ओलीलाई त्योभन्दा पनि कडा सजायस्वरूप राजनीतिक मृत्युदण्ड दिनुपर्ने बताउनुभयो । झाँक्रीले यसअघि पनि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यस्तै

चेतावनी दिइसक्नु भएको छ । संसद पुनःस्थापना गरेर ओली र राष्ट्रपति विद्या भण्डारी नसच्चिए दुवैलाई देश निकाला गर्नुपर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय