बिहिबार , बैसाख १३, २०८१

तनहुँ:

नेकपाको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले राज्यशक्तिको दुरुपयोग गरी दिइने धम्कीबाट नडराउने बताएका छन् ।

जिल्लाको दमौलीमा आफू निकट जनवर्गीय संगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

राज्यशक्ति दोहन गरेर प्रधानमन्त्री केपी ओलीले कार्यकर्ता पोस्ने काम गरिरहेको आरोप लगाउँदै पुनले आफैं निर्वाचन घोषणा गरेर कानुन उल्लंघन गर्दै धमाधम नियुक्ति बाँड्दै आफ्ना विरोधीलाई धम्की दिएर तर्साउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई संसद् विघटनको कुनै अधिकार नभएको भन्दै मकैको गोठालो बाँदरलाई बनाउँदा आजको स्थिति पैदा भएको र त्यसले लज्जित बनाएको उनले बताए ।

उनले व्यक्तिगत स्वार्थका लागि आफ्नै पार्टी भत्काएर संसद् विघटन गर्ने प्रधानमन्त्री ओली नेता नै नरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय