आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

धनगढी:

भागरथीको शव उत्तानो परेको अवस्थामा फेला परेको थियो। एक हात छातीमा थियो, टाउको र हातमा चोट लागेको थियो।

उनको तल्लो शरीरका सबै लुगा घुडासम्म खोलिएको अवस्थामा शव भेटिएको आफन्तले बताए। मृतकका काका मनोरथ भट्टले समूहले आक्रमण गरी हत्या गरेजस्तो अवस्थामा शव फेला परेको बताए।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट ‘भूमिका’को सोही ठाउँकै लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

हत्या गरी शव फालिएको आशंका गरिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार बिहान ८ बजेतिर अरुदिन जस्तैगरी उनी पनि स्कुल गएकी थिइन्।

कक्षा १२ मा पढ्ने उनी आफ्नो गाउँबाट एकाउन्ट विषय पढ्ने एक मात्र विद्यार्थी थिइन्। उनका अंकल शिवराज भट्टले विषय फरक हुनाले उनको गाउँका अरु साथीहरूभन्दा एक घण्टा अगाडि बिदा हुने गरेको बताए।

त्यसदिन बिदा भएपछि उनी स्कुलबाट घर हिँडेकी थिइन्। ‘गाउँपालिकाको केन्द्र खोचलेक बजारमा दिउँसो २ बजेतिर गाउँका केही भाइहरूलाई घर जाने हो कि भनेर सोधेकी रहेछ,’ उनले भने।

गाउँका भाइहरूले कपाल काट्ने कामले ढिला हुने भनेपछि भागरथी त्यहाँबाट एक्लै जान्छु भनेर हिँडेकी थिइन्। उनी त्यसपछि हराएकी थिइन्। घरमा नियमित समयमा आउने छोरी अबेरसम्म पनि आइनन्।

उनका बुबा बितेको ४६ दिन मात्र भएको छ। उनका बुबा सुगरका बिमारी थिए। औषधी खान्थे। किड्नीमा समस्या आएपछि पुस ७ गते उनको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय