
पोखरा:
पोखरामा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्।
आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
उनीहरू पर्वत जलजला गाउँपालिका-७ धाइरिङका हुन्। पोखरामा डेरा गरी बस्ने पुनले श्रीमतीलाई राति पौने ८ बजे बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।
हरिमाया आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न गमबहादुरलाई पोखरा महानगरपालिका-३३ लामगादीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको हमालले बताए।